News Portal

  • आजबाट दैनिक पाँचओटा कन्टेनर रसुवागढी नाकाबाट नेपाल आउने

    ७६५ पटक

    काठमाडौं, ८ असोज । तीन सातादेखि बन्द रहेको रसुवागढी नाका बुधवारबाट सुचारु भएको छ । चिनियाँ पक्षले बिहीवारदेखि नियमित सामान पठाउन थालेपछि नाका सञ्चालनमा आएको हो ।

    रसुवागढी भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले जिल्ला प्रशासन कार्यालय रसुवालाई चिनियाँ पक्षले बिहीवारदेखि दैनिक पाँचओटा कन्टेनरमा सामान पठाउने जानकारी दिएको बताए । उनका अनुसार बुधवार मात्र एउटा कन्टेनरमा स्वास्थ्य सामग्री आएको थियो ।

    कोरोना महामारीका कारण माघ १५ गतेदेखि ठप्प रहेको नाका जेठ महीनाबाट सञ्चालनमा आएको थियो । तर, श्रमिकमा कोरोना संक्रमण देखिएपछि भदौको दोस्रो हप्ता यो नाका पुनः बन्द भएको थियो ।

    जेठयता चीनबाट दैनिक चार कन्टेनर सामान आउने गरेको थियो । सामान आयातमा वृद्धि गर्न नेपाली पक्षले चिनियाँ पक्षलाई पटकपटक अनुरोध गर्दै आएको छ ।

    भन्सार कार्यालयका अधिकारीहरूका अनुसार धेरै कन्टेनर भित्र्याउन भन्सार कार्यालयबाट पहल गरेपछि चिनियाँ पक्षले बढाउने आश्वासन दिएको छ । अहिले नाकालाई निर्बाध सञ्चालनमा ल्याउन बाटोमा पहिरो हटाउन विभिन्न ठाउँमा आठओटा डोजर राखिएको छ ।

    चिनियाँ प्रतिनिधिले बुधवार रसुवागढी नाकाको अवलोकनसमेत गरेका छन् । ल्हासाबाट आएका उनीहरूले नेपालतर्फ सामान झर्ने ठाउँको अवलोकनले गरेर फर्केको भन्सार कार्यालय प्रमुख खड्काले बताए । उनका अनुसार चिनियाँ पक्षले दुई सिफ्ट गरेर कन्टेनर पास गर्ने काम अघि बढाउने बताएको छ । ‘मितेरी पुलवारि समान झार्नका लागि स्थानको अवलोकन गर्न चिनियाँ अधिकारीहरू आएका थिए, हेरेर गएका छन्, आशा छ, उनीहरूले समान धेरै पठाउनेछन्,’ उनले भने ।

    गतवर्ष सोही नाका हुँदै २७ अर्ब रुपैयाँभन्दा बढीको समान नेपाल भित्रँदा करीब ७ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । यस वर्ष नाकामा बारम्बार अवरोध आउँदा १ अर्ब रुपैयाँको मात्रै समान नेपाल भित्रिएको छ भने त्यसबाट ४० करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको भन्सार कार्यालय रसुवाले बताएको छ । आर्थिक अभियान दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...