News Portal

  • संक्रमण दर भारतभन्दा दोब्बर

    ७५३ पटक

    काठमाडौं, १५ असोज । भारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा ७० हजार ५ सय ८९ जनामा पोजिटिभ पाइयो । यो ६.१७ प्रतिशत हो । त्यही दिन नेपालमा १० हजार ८० जनाको परीक्षण गरिएको थियो । तीमध्ये १ हजार ३ सय ५१ जनाको पोजिटिभ रिपोर्ट आयो । त्यो १३.४० प्रतिशत हो ।

    केही यताको सरदर परिणाम दुवै देशको यस्तै छ । बुधबार १२ हजार २ सय ५ जनाको परीक्षण रिपोर्ट सार्वजनिक गरिएकामा १ हजार ५ सय ५९ जनामा पोजिटिभ पाइयो । यो १२.७७ प्रतिशत हो । त्यसअघि मंगलबार १४.०५ र आइतबार १५.५३ प्रतिशतमा संक्रमण पाइएको थियो ।

    स्वास्थ्य मन्त्रालयका विज्ञ डा।सुरेश तिवारीका अनुसार १२ प्रतिशतभन्दा माथिमा पोजिटिभ पाइएमा परीक्षण व्यापक विस्तार गरिनुपर्छ । यसको अर्थ समुदायमा निकै फैलिइसकेको भन्ने लाग्छ । नेपाल त्यो चरणमा प्रवेश गरेको छ । अघिल्लो महिनासम्म भारतको संक्रमण दर नेपालको भन्दा झन्डै दोब्बर थियो । अहिले ठीक उल्टो अवस्था आएको छ । नेपालको दर भारतको भन्दा दोब्बर मात्र होइन, अझ बढी भइसकेको छ ।

    नेपालले उछिन्यो भारतलाई

    दक्षिणी छिमेकी मुलुक भारत धेरै संक्रमित भेटिएको विश्वकै दोस्रो राष्ट्र बनेको छ । अमेरिकापछि धेरै संक्रमित भेटिएको भारतमा हालसम्म ६२ लाख ४५ हजार ४ सय ४ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    पछिल्लो समय सक्रिय संक्रमण दर पनि भारतको भन्दा नेपालको उच्च छ । भारतमा सक्रिय केस १५ दशमलव ४ प्रतिशत छ । नेपालमा २६ दशमलव ८ प्रतिशत पुगेको छ । भारतमा संक्रमितमध्ये ८३ प्रतिशत निको भएका छन् भने नेपालमा ७२ दशमलव ५ प्रतिशत निको भएका छन् ।

    नेपालमा हरेक दिनजसो १५ सयको हाराहारीमा नयाँ संक्रमित थपिने गरेका छन् । अहिले सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ पुगेको छ । जसमध्ये होम आइसोलेसनमा १० हजार ८ सय ४ जना छन्। संस्थागत आइसोलेसनमा १० हजार ८७ जना छन्। पछिल्लो चौबीस घण्टामा १ हजार ५ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् । अन्नपूर्ण पोस्टबाट

    प्रतिकृया दिनुहोस्

    खसीबोका चोरेर मासु बेच्ने गिरोह भक्तपुरमा समातियो

    भक्तपुरका विभिन्न ठाउँबाट घरको गोठमा बाँधिएका खसीबोका चोरीएको गुनासोले गर्दा सक्रिय प्रहरीले चोरीमा संलग्न दुई...

    प्रधानमन्त्री प्रचण्ड शनिवार सूर्यविनायक आउने

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भक्तपुर आउने भएका छन् । शनिवार दिउँसो उनी भक्तपुरको सूर्यविनायक आउने...

    गृहमा रविले नसकेको रेकर्ड राख्न श्रेष्ठ सफल : पहिलो निर्णयले नै जोगियो देशको दैनिक पाँच लाख

    गृह मन्त्रालय सम्हाल्न पुगेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सुराकीको नाममा गृहमन्त्री र गृहसचिवले खर्च गर्न पाउने...

    अरनिको हाइवेस्थित पलासेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको निधन

    भक्तपुरको अरनिको हाइवेस्थित सूर्यविनायक ९ पलासेचोकमा सवारी दुर्घटना हुँदा एक मोटरसाइकल चालकको ज्यान गएको छ...

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...