News Portal

  • एकीकृत पदमार्गको सम्भाव्यता अध्ययन

    ८७९ पटक

    काठमाडौँ, १५ असोज । नेपाल एकीकरणको समयमा प्रयोग गरिएका एकीकरण पदमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । मुलुक एकीकरणको समयमा प्रयोग भएका सडक र किल्लाको संरक्षण तथा प्रवद्र्धनका लागि अगाडि सारिएको एकीकरण मार्ग संरक्षण कार्यक्रमअन्तर्गत एकीकरण मार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । सेनाले विज्ञहरूको टोली नै गठन गरेर अध्ययन गरेको थियो ।

    नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले नेपाल एकीकरणको समयमा प्रयोग भएका सडक, गढी र किल्लाको संरक्षण कार्यक्रमअन्तर्गत गोरखा–धादिङ–नुवाकोट–काठमाडौँ–काभे्र एकीकरण पदमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको जानकारी दिनुभयो । अध्ययनअनुसार यस एकीकरण मार्गको कुल लम्बाइ १९६.५ किलोमिटर रहेको छ । त्यसैगरी गोरखा–नुवाकोट–धादिङ–काठमाडौँ एकीकरण मार्गको समेत सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । यस एकीकरण मार्गको कुल लम्बाइ १२८.५ किलोमिटर रहेको छ ।

    सेनाले इतिहासविद् प्राध्यापक दिनेशराज पन्तको नेतृत्वमा विज्ञहरूको टोली गठन गरी सो अध्ययन गरेको थियो । अध्ययन गरिएका यस एकीकरण मार्गहरूको विस्तार तथा स्तरोन्नतिका लागि बजेट माग गरिएको सैनिक प्रवक्ता पौडेलले जानकारी दिनुुभयो । प्रत्येक नेपालीलाई आफ्नो इतिहासप्रति गर्व गराउन तथा भावी पुस्ताका लागि पनि पुर्खाले निर्माण गरेको इतिहास प्रेरणाको स्रोत बन्न सकोस् भन्ने उद्देश्यसहित एकीकरण पदमार्ग, गढी र किल्लाको संरक्षण कार्य अगाडि बढाइएको सेनाले जनाएको छ ।

    सेनाद्वारा स्थापना गरिएको विस्तारित एकीकरण पदमार्ग उदयपुरको चौदण्डीगढीबाट सुरु भएर उदयपुरगढी, सिन्धुलीगढी, मकवानपुरगढी, चिसापानीगढी, काठमाडौँ उपत्यका, नुवाकोट दरबार, गोरखा दरबार, वारपाककोट दरबार, लमजुङको लिगलिगकोट, तनहुँको लमजुङ दरबार र कास्कीकोट दरबारसम्म जोडिएको छ । त्यसैगरी रुपन्देहीको जितगढी, पाल्पा दरबार, गुल्मीको चरपाला दरबार, अर्घाकोट, सल्यानको फालवाङ दरबार, सुर्खेतको बयालकाडाकोट, दैलेखको दुल्लु दरबार, अछामको मङ्गलसेन दरबार, जयगढ, बझाङको थालाकोट, डोटीको सिलगढी, डडलेधुराको अमरगढी हँुदै बैतडीको अजयमेरुकोटसम्म एकीकरण पदमार्ग जोडिएको छ ।

    एकीकरण पदमार्ग, गढी र किल्ला संरक्षण गर्ने कार्यक्रमअन्तर्गत पदमार्गहरूको सम्भाव्यता अध्ययन सम्पन्न हुनुका साथै सिन्धुलीगढी विकास बृहत् गुरुयोजनाको प्रोफाइल तयार भएको प्रवक्ता पौडेलले बताउनुभयो । गुरुयोजना सिन्धुलीको कमलामाई नगरपालिका र नेपाल पर्यटन बोर्डलाई बुझाइसकिएको उहाँले बताउनुभयो । सन् १७६७ मा गोर्खाली फौज र अङ्ग्रेज सेनाबीच भएको युद्धमा गोर्खाली सेनाले सिन्धुलीगढीमा नै अङ्ग्रेज सेनालाई पराजित गरेको थियो ।

    यसै कार्यक्रमअन्तर्गत काभ्रेमा पृथ्वीगढी भ्यु प्वाइन्ट, सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय र बारामा एकता वाटिका निर्माणाधीन अवस्थामा छन् भने पाल्पा दरबार सङ्ग्रहालयमा ऐतिहासिक शस्त्रअस्त्र कक्ष तयार भएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । एकीकरण पदमार्ग, गढी र किल्लाको संरक्षणका लागि चालू आर्थिक वर्षमा नेपाली सेनाले पाँच करोड र प्रदेश २ सरकारले दुई करोड रुपियाँ विनियोजन गरेका छन् । त्यसैगरी सेनाले मुलुकभरिका १२ स्थानका गढीको संरक्षणका लागि चालू आर्थिक वर्षमा थप चार करोड ९९ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...