News Portal

  • सत्तारुढ नेकपाको युवा संगठन ‘राष्ट्रिय युवा संघ नेपाल’को भक्तपुर जिल्ला इन्चार्जमा थपलिया

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ असोज
    २५४७ पटक
    भक्तपुर, १६ असोज

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को युवा दस्ता राष्ट्रिय युवा संघ नेपालको भक्तपुर जिल्ला इन्चार्जको जिम्मेवारी दिनेश थपलिया’आक्रोस’लाई दिइएको छ । उक्त संघले भक्तपुर जिल्ला इन्चार्जमा थपलियालाई सर्वसम्मत चयन गरेको हो ।

    राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्य रहेका थपलिया भक्तपुरको पार्टी जिल्ला कमिटीका सदस्य समेत हुन् । उनी तत्कालीन नेकपा (माओबादी केन्द्र) का जिल्ला नेता एवं योङ्ग कम्युनिष्ट लिग (वाइसिएल)को भक्तपुर जिल्ला अध्यक्ष थिए ।

    २०५७ सालदेखि तत्कालीन नेकपा (माओबादी) काे पूर्णकालीन सदस्य भई उनी भुमिगत भएका थिए ।२०५८ चैत्रमा गिरफ्तार परेपछि तत्कालीन शाही सत्ताले उनलाई चरम यातना दिएको थियो । २ वर्ष जेल जीवन बिताएका थपलिया यातनाबाट कत्तिपनि बिचलित नभई जनयुद्धमा आफ्नो योगदान दिएका थिए । थपलिया पार्टीभित्र बफादार र इमान्दार युवा नेताको रुममा परिचित छन् ।

    थपलियालाई भक्तपुर जिल्ला इन्चार्जको जिम्मेवारी दिएको राष्ट्रिय युवा संघ नेपालले दिपक दाहाललाई सहइन्चार्जको जिम्मेवारी दिएको छ । दाहाल तत्कालीन नेकपा एमालेको भातृ संगठन युवा संघका भक्तपुर अध्यक्ष रहेका थिए । नेकपाका केन्द्रीय सदस्य समेत रहेका प्रभावशाली नेता महेश बस्नेत राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय इन्चार्ज हुन् भने अर्का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दिपशिखा केन्द्रीय सहइन्चार्ज हुन् । बस्नेत र सापकोटा दुवै भक्तपुरवासी हुनाले पनि भक्तपुरको युवा नेतृत्वको बिशेष महत्व रहेको देखिन्छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...