News Portal

  • इवामुराले उपचार खर्च व्यहोर्ने सहमति गरेको भाेलीपल्टै लाखाजुको निधन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ असोज
    १८३५ पटक
    भक्तपुर, १६ असोज

    गत शुक्रवार हिंडेर इवामुरा अस्पतालमा इन्डोस्कोपी गर्न गएका लक्ष्मीकुमार लाखाजुको नर्भिक अस्पतालमा एक हप्तापछि निधन भएको छ ।

    पीडित व्यक्तिका घरपरिवार, आफन्त र स्थानीयले अस्पताल घेराउ गर्दै बिहीबार उपचार खर्च अस्पतालले नै व्यहोर्ने गरी सहमति गरेको एकदिन पछि नै ४७ वर्षीय लाखाजुको निधन भएको हो । पीडित परिवार र अस्पतालबीच बिरामी लक्ष्मीकुमार लाखाजुुको उपचारमा लाग्ने सम्पूर्ण खर्च इवामुरा अस्पतालले व्यहोर्ने सहमति भएको र शुक्रवार भेन्टिलेटरबाट निकाल्ने वित्तिकै मृत्यु भएको मृतकका भाइ बिजेश लाखाले बताए ।

    सहमतिसँगै अस्पतालमा बिरामीका घरपरिवार, आफन्त तथा सर्वसाधारणले गरेको विरोध प्रदर्शन स्थगित गरेका थिए । शुक्रवार नर्भिकले थप उपचार हुन नसक्ने र घर लैजानु भनेपछि भेन्टिलेटरबाट निकालिएको थियो ।
    लक्ष्मीकुमार पेसाले सिकर्मी हुन् । भक्तपुर नपा ९ च्याम्हासिंहमा उनले सञ्चालन गर्ने फर्निचरले उनको घरपरिवारको जिविका चल्दै आएको छ ।

    भक्तपुरको सल्लाघारीस्थित इवामुरा अस्पतालले गत शुक्रवार हिंडेर इन्डोस्कोपी गर्न गएका भक्तपुर चोर्चाका स्थायी बासिन्दा लाखाजुको ज्यान जोखिममा पारेको विरुद्धमा विहिवार दिनभर अस्पताल क्षेत्र तनावग्रस्त रहेको थियो ।

    अस्पतालको लापर्वाही र चिकित्सकको हेलचक्र्याँइका कारण इन्डोस्कोपी गर्दा भित्री अंगमा असर पुुग्दा लाखाजुको निधन भएको परिवारस्रोतले जनाएको छ ।

    इन्डोस्कोपी गर्दागर्दै इवामुरा अस्पतालले एक्सपायरड भन्दै मृत्यु भएको रिपोर्ट दिएपछि आत्तिएका उनका भाइ विजेस लाखा र छोरा नविनले तत्काले अर्को अस्पतालमा लान जोडबल गरेपछि थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियो ।
    नर्भिक अस्पतालले जिउँदै रहेको भन्दै एक हप्ता भेन्टिलेटरमा राखी उपचार गरिरहेको थियो । नर्भिक अस्पतालले रगतको प्रवाह रोेकेका कारण मस्तिष्कमा क्षति पुुगेको र थप उपचार अस्पतालमा गर्नुुभन्दा घरमा लानु जाति भनेपछि शुक्रवार दिउँसो भेन्टिलेटरबाट निकालिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...