News Portal

  • पोखरामा प्याराग्लाइडिङको व्यवसायिक उडान सुरु

    ४५८ पटक

    पोखरा, १८ असोज । साहासिक खेल प्याराग्लाडिङको व्यसायिक उडान सुरु भएसँगै पोखरेली नै पोखराको आकाशमा कावा खान थालेका छन् । कोरोना संक्रमण नियन्त्रण गर्न चैत ११ गतेदेखि सरकारले लगाएको लकडाउनसँगै साहासिक खेलका गतिबिधि पनि रोकिएका थिए ।

    लकडाउन खुकुलो भएसँगै असोज ५ गतेदेखि परीक्षण उडान सुरु भइ असोज १५ देखि पोखरामा प्याराग्लाइडिङ खेलको व्यवसायिक उडान सुरु भएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । व्यवसायीक उडान सुरु भए पनि उड्न आउने पर्यटक भने छैनन् । साहासिक खेल रुचाउने पोखरेली नै प्याराग्लाइडिङ्मा रमाउन थालेको उनले सुनाए । फाट्टफुट्ट रुपमा काठमाडौंबाट आउने नेपाली पनि प्याराग्लाइडिङमा रमाउने गरेको उनले सुनाए ।

    अहिले सहुलियत रुपमा प्याराग्लाइडिङ उडान भएकोले पनि पोखरेली आर्कर्षीत भएको उनले जानकारी दिए । पहिले ७ हजार ५ सयमा उडान हुनेमा अहिले ५ हजारसम्ममा उडान पाइने भएकोले विस्तारै प्याराग्लाइडिङमा उडेर पोखरा बजार, फेवाताल र हिमालको दृश्यावलोकन गर्न पोखरेली नै आकर्षित भएको उनले बताए ।

    पोखरामा प्याराग्लाइडिङका ६० वटा कम्पनी छन् । सबै कम्पनीमा गरी ३ सय ५० जना प्यारापाइलोटले रोजगार पाएका थिए । कोरोना कहरसँगै फुर्सदिला रहेका प्यारापाइलोटहरु लामो समय अभ्यास गर्न नपाएकोले कोही अभ्यास गर्दै त कोही व्यवसायिक उडान भर्न सुरु गरेका छन् । अहिले दैनिक ५० उडान हुन थालेको अध्यक्ष भण्डारीले बताए । व्यवसायिक उडान भने न्युन नै रहेको उनले सुनाए । पोखरामा पहिले विदेशी प्यारापाइलोटको भरमा चल्ने प्याराग्लाइडिङ अहिले नेपाली प्यारापाइलोटको वर्चश्व रहेको छ । अहिले पनि २÷३ जना विदेशी प्यारापाइलोटले प्याराग्लाइडिङ उडान भरिरहेका छन् । अन्नपूर्ण दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुरकै जेठो साहित्य मन्दिरको साधारण सभामा संस्थापक कायष्ठ सम्मानित

    भक्तपुरकै जेठो एवं देशकै पनि एक पुरानो र प्रतिष्ठित साहित्यिक संस्था नेपाल साहित्य मन्दिरको १३...

    सल्लाघारीमा चैत २३ देखि ११ दिनसम्म महोत्सव

    नयाँ वर्ष एवं बिस्का पर्वको अवसरमा भक्तपुरमा हुँदै आएको औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवले...

    प्रकाश ‘माइला’ को ‘साइकलमा सल बेरियो’

    अनेसास केन्द्रीय कार्यसमितिका निवर्तमान अध्यक्ष तथा साहित्यकार प्रकाश पौडेल ‘माइला’को शब्द तथा वसन्त र अस्मिताको...

    पदम विश्वकर्मा साहित्य प्रतिष्ठानद्वारा ‘प्रतिबन्ध’ प्रकाशन तथा पुरस्कार वितरण

    पदम विश्वकर्मा साहित्य प्रतिष्ठान तथा नेपाल दलित तथा संस्कृति प्रतिष्ठानको आयोजनामा प्रतिबन्ध कथासंग्रहको लोकार्पण तथा...

    भक्तपुर नगरपालिकाले सञ्चालन गरेका शिक्षण संस्थाहरुमा नयाँ प्राचार्य नियुक्त

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ‘ख्वप मा.वि.’, ‘ख्वप कलेज’, ‘शारदा क्याम्पस’, ‘शारदा क्याम्पस मा.वि’ र ‘ख्वप कलेज...