News Portal

  • अनलाईन शिक्षामा विद्यार्थीको पहुुँच पत्ता लगाउन कठिन

    ५६७ पटक

    काठमाडौं, असोज १८ । सरकारले गत असारबाट सञ्चालन गरेको वैकल्पिक विधिको पठनपाठनमा विद्यार्थीको प्रभाव तथा पहुँचका बारेमा अझै ठोस अध्ययन हुन सकेको छैन । यस विषयलाई प्रभावकारी कार्यान्वयन गराउन दुई पटक निर्देशिका र विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको सरकारले विद्यार्थीको पहुँचका विषयमा भने अझै ठोस तथ्याङ्क सङ्कलन गर्न सकेको छैन । शिक्षा क्षेत्र सम्बद्ध व्यक्तिले यसको पहुँच, प्रभावका बारेमा अध्ययन गरेर कमी कमजोरी सुधार गर्दै सबै विद्यार्थीलाई यसमा समेट्नुपर्ने सुझाव दिएका छन् ।

    सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका अध्यक्ष कृष्ण थापा यस अवधिमा वैकल्पिक विधिमा कति विद्यार्थी जोडिए त्यसको पहुँच विद्यार्थीसम्म पुगे या नपुगेको विषयमा अहिलेसम्म स्पष्ट चित्र नदेखिएको बताए । स्पष्ट जानकारी नहुँदा लाखौँ विद्यार्थी छुटेको हुन सक्ने उनको भनाई छ । यसअघि विद्यालय तहमा ८० लाखको हाराहारीमा विद्यार्थी अध्ययनरत थिए । यसपटक विद्यार्थीको सङ्ख्यामा अन्योल देखिएको छ ।

    सबैको प्रयास जरुरी
    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतम वैकल्पिक विधिमा विद्यार्थीको पहुँचका विषयमा अहिलेसम्म अध्ययन हुन नसकेको स्वीकार गर्दै यस विषयमा स्थानीय, प्रदेश र सङ्घीय सरकारले अध्ययन गर्नुपर्ने आवश्यकता आँैल्याउन्छन । स्थानीय सरकारले अध्ययन गरेको अवस्थामा त्यसबाट सङ्घीय सरकारलाई तथ्याङ्क विश्लेषण गर्न सहज हुने उनले बताए ।

    निजीको छुट्टै अनुमान
    देशभरका २२ लाखको हाराहारीमा विद्यार्थी अध्ययन गर्ने निजी शैक्षिक संस्थामा पनि विद्यार्थीको पहुँचका बारेमा अध्ययन गरिएको छैन । यद्यपि गत साउनमा पाँचवटा विद्यालयमा गरिएको नमुना अध्ययनमा ३० देखि ४० प्रतिशत विद्यार्थी वैकल्पिक विधिको अध्ययनमा सहभागी भएको पाइएको राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एनप्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले बताए ।

    तीन साताभित्र खाका
    सरकारले विद्यालयबाट यस विषयको सूचना लिन थालिएको जनाएको छ । विद्यालयमा भर्ना भइसकेका विद्यार्थी र वैकल्पिक विधिका विभिन्न माध्यममा सहभागी विद्यार्थीको विवरण आइसकेपछि मात्रै यसमा विद्यार्थीको पहुँच र प्रभावमा विश्लेषण गर्न सकिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माको भनाई रहेको छ । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुरका बासिन्दा श्रेष्ठ बागमती प्रदेश सरकारका प्रवक्ता

    बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकार प्रवक्ताको जिम्मेवारी पाएका छन्...

    साहित्यकार पदम विश्वकर्मा सम्मानित

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीका अध्यक्षमा निर्वाचित भएका साहित्यकार पदम विश्वकर्मालाई राजधानीका...

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा नर्सिङ्ग पढाउछौं : सांसद थापा

    durlab

    प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले मध्यपुर थिमि नगरपालिकाको नेपाल कोरिया मैत्री नगर अस्पताललाई स्वास्थ्य शिक्षासंग...

    मिटरब्याजी पीडितको माग सम्बोधन गर्ने गृह मन्त्रालयको आश्वासन

    मिटरब्याजी पीडितका समस्या समाधान गर्ने आश्वासन गृह मन्त्रालयले दिएको छ । मिटरब्याजी पीडितलाई भेट्न टंगाल...

    नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः सभामुख घिमिरे

    प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन्...