News Portal

  • दशैंलाई भक्तपुरमा औपचारिकतामा मात्र सीमित गर्ने याेजना

    भक्तपुरपोस्ट संवाददाता
    १०७७ पटक

    भक्तपुर, १८ असोज । भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले २०७७ सालको दशैं औपचारिकतामा सीमित गर्नुपर्ने बताएका छन् ।जात्रा सम्बन्धित हुने विभिन्न जात्रा खम्ये जात्रा तथा अनेक किसिमका पूजाआजामा सरोकारवालाहरु मात्र बसी गर्नपर्नेमा प्रजापतिले जाेड दिएका हुन् ।

    सरोकारवाला पक्षहरुसँग आज बसेको छलफल कार्यक्रममा बोल्दै उनले नगरभित्रको अवस्था भयावह बनिरहेको विषम् परिस्थितिमा नजिकिँदै गरेको दशैं भीडभाड कम हुने गरी औपचारिकतामा सीमित गर्नुपर्ने प्रष्ट पारे ।

    कोरोना संक्रमणको जोखिमका कारण भक्तपुरका सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेका जात्रा तथा पर्वहरू सामान्य रुपमा सुरक्षित ढंगले सम्पन्न गर्नुपर्ने बाध्यता रहेको बताउँदै प्रजापतिले नगरबासी स्वयम् सचेत रहे कोरोना नियन्त्रणमा सहज हुने उनले भने ।

    छलफलमा भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाभित्र कोरोना संक्रमितहरूको पछिल्लो अवस्थाबारे अवगत गराए । घना बस्ती भएको भक्तपुर नगरमा कोरोनाको जोखिम अझ धेरै भएको हुँदा कोरोना जोखिमका कारण यस वर्षको चाँडपर्वहरू सुरक्षित ढंगले मनाउनुपर्ने बाध्यताबारे उनले बताए ।

    छलफलमा सरोकारवाला प्रतिनिधिहरूले दशैंमा कम भीडभाड हुने गरी जात्रालाई निर्धारित समयभन्दा छिटो सम्पन्न गर्नुपर्ने, जात्रा हुने स्थानहरूमा स्वयम्सेवक परिचालन गरी भाडभाड कम गर्नुपर्ने, भीड जम्मा हुने बाजागाजा बन्द गर्नुपर्ने, सचेतनामूलक माइकिङमार्फत नगरबासीहरूलाई सचेत रहन आग्रह गरिरहनुपर्ने लगायतको धारणाहरू व्यक्त गरियो ।

    छलफलमा नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ तथा नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका प्रतिनिधिहरु, मुकुन्डो निर्माणकर्ता, कर्माचार्य, हाकुज्या (प्रजापति), शाही एवम् चित्रकारहरुका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...