News Portal

  • भक्तपुरका डिएसपी गिरी डिस्चार्ज

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ असाेज
    १४३६ पटक
    भक्तपुर, १८ असाेज

    महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले कोरोना भाइरस रोग(कोभिड १९) माथि बिजय प्राप्त गरेका छन् । ११ दिनपछि उनले कोभिड १९ लाई पराजित गर्न सफल भएका हुन् ।

    कोरोना नेगेटिभ भएपछि डिएसपी गिरी अस्पतालबाट डिस्चार्ज भएका छन् । ११ दिन अघि उनमा कोरोना पुष्टि भएको थियो । लक्षण देखिएका बिरामी भएकाले उनलाई उपचारका लागि महाराजगंजस्थित प्रहरी अस्पताल पुर्याइएको थियो । आइतवार उनीसहित भक्तपुरका १ दर्जन प्रहरी कोरोनामाथि विजय प्राप्त गर्दै डिस्चार्ज हुन सफल भएका छन् ।

    डिएसपी गिरी डिस्चार्ज भएपनि परिसरमा हाजिर नहुने परिसर प्रमुख एसपी तारादेवी थापाले बताइन । उनी केहि दिन घरमा आराम गरेर मात्र परिसर आउने थापाको भनाइ छ । गिरीको ठाउँमा कामकाजका लागि हेडक्वाटरबाट डिएसपी केशवकुमार थेबे आएका छन् ।

    भक्तपुरका एसपी थापा र डिएसपी गिरी भर्खरै संविधान दिवसका अवसर पारेर सरकारले प्रवल जनसेवा श्री (चतुर्थ) द्वारा सम्मानित गर्ने निर्णय गरेका प्रहरी अधिकृत हुन् ।

    सच्याइएकाे :  प्रवल जनसेवा श्री (चतुर्थ) हुनुपर्नेमा अन्यथा भएकाेले सच्याइएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...