News Portal

  • कता जाँदैछ समाज ? नर्सरी पढ्ने बालिकालाई पढाउने ब्यक्तिबाटै यौन दुर्व्यवहार

    भक्तपुरपोस्ट संवाददाता विराटनगर, १८ असोज
    ११७८ पटक
    विराटनगर, १८ असोज

    पछिल्लो समय यौन अपराधका घटना बढ्दोक्रममा देखिएका छन् । यसैबीच बिराटनगरमा एक पाँच वर्षिया बालिका याैन अपराधीको शिकार बनेकी छन् ।

    विराटनगर महानगरपालिका १६ मा २१ वर्षीय साह थर भएका एक युवकले बालिकामाथि यौन अपराध गरेका छन् । उनले ट्युसन पढाउने क्रममा नर्सरीमा पढ्ने बालिकामाथि यौन दुर्व्यवहार गरेका हुन् । गत बैशाखदेखि ट्युसन पढाइरहेका उनले शनिबार ट्युसन पढ्दै गरेकी ५ वर्षीया बालिकामाथि यौन अपराध गरेको आरोप लागेको हाे ।

    पिडित परिवारले शिक्षक भनिएका साहले बलात्कार गरेको अभियोग लगाउदै प्रहरीमा उजुरी दिएका छन् । त्यहाँ पढ्न आएका अन्य बालबालिकाले त्यो घटना देखेपछि परिवारमा भनेका र घटनाको पोल खुलेको बताइएकाे छ । विराटनगरकाे रानीस्थित इलाका प्रहरी कार्यालयका अनुसार बालिकालाई विराटनगरस्थित कोशी अस्पतालमा उपचारका लागि पुर्याइएको छ भने साह पक्राउ परेका छन् । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...