News Portal

  • कोरोना अपडेटः २ हजार ४ सय ४० संक्रमित, ११ सय ३३ जना डिस्चार्च

    भक्तपुरपोस्ट संवाददाता
    १२३१ पटक

    भक्तपुर, १९ असोज । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ४० जना संक्रमित थपेका छन् । यससँगै कुल संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार हाल सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा एक हजार १३३ जना डिस्चार्ज भएका छन् । हालसम्म ६५ हजार २०२ जना डिस्चार्ज भएका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ७८१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म १० लाख ८८ हजार २२९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

    देशभरका संस्थागत आइसोलेसन ११ हजार १९१ जना र होम आइसोलेसनमा १२ हजार ३१६ जना रहेका छन् भने ४ हजार ३३ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर ४३ जना भेन्टिलेटर र २४४ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...