News Portal

  • साढे चार करोड बिरुवा रोपिए

    ७२३ पटक

    काठमाडौं, २० असोज । ‘राष्ट्रिय वृक्षरोपण’ अभियान वर्षमा लिइएको पाँच करोड बिरुवा रोप्ने लक्ष्यमध्ये करिब ९० प्रतिशतभन्दा बढी सफलता हासिल भएको छ । राष्ट्रिय वृक्षरोपण अभियान वर्ष २०७६ मा १५ करोड रुपियाँ बजेट विनियोजन गरेर सरकारले मुलुकभर पाँच करोड बिरुवा रोप्ने लक्ष्य अघि सारेको थियो ।

    यस अभियानअन्तर्गत सात प्रदेशमा विभिन्न सङ्घसंस्थामार्फत तीन करोड ८३ लाख ९९ हजार ६९२ वटा बिरुवा रोपिएका छन् । यसैगरी सात सयभन्दा बढी नर्सरीबाट बिक्री भएका ७० लाखभन्दा बढी बिरुवासमेत गरी चार करोड ५४ लाखभन्दा बढी बिरुवा रोपिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयको वन तथा भूसंरक्षण विभागले उपलब्ध गराएको वृक्षरोपण वर्ष २०७६ को प्रगति विवरणमा ९० प्रतिशतभन्दा बढी बिरुवा रोप्न सफलता मिलेको उल्लेख छ । हरियाली प्रवद्र्धन र वन क्षेत्र बढाउने उद्देश्यले राष्ट्रिय वृक्षरोपण दिवस २०७६, असार १४ गते सो अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीको तीनकुनेमा बिरुवा रोपेर थालनी भएको हो । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...