News Portal

  • भक्तपुरमा नेकपाले भित्र्यायो नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिसहित १०७ नेताकार्यकर्ता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ असाेज
    ४४१५ पटक
    भक्तपुर, २१ असाेज

    नेपाल मजदुर किसान पार्टी(नेमकिपा)को किल्लाको रुपमा रहेको केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छे रोहितको गृहनगर भक्तपुरमा नेमकिपाबाट निर्वाचित वडा सदस्य नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेमकिपाबाट भक्तपुर नगरपालिकामा निर्वाचित वडासदस्य विश्वराज शिल्पकार सहित १०७ जनालाई नेकपाले भौतिक दुरी कायम गर्दै पार्टी प्रवेश गराएको छ ।

    बुधवार सूर्यविनायकस्थित एक पार्टी प्यालेसमा नेकपाको जिल्ला कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेमकिपाको युवा संगठनका केन्द्रीय नेता रामेश्वर बोहोराको नेतृत्वमा नेताकार्यकर्ताहरु उक्त पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा वडा सचिव रमेश न्याइच्याई, सुनिल ग्वाछा,कान्छाकाजी खत्री, अनिल न्यौपाने, विष्णुप्रसाद सिल्पकार, आशराम गोठे, सालिक राम खत्री, हरिबहादुर थापा लगायत रहेका जिल्ला सचिव डिपी ढकालले जनाएका छन् ।बुधवार पार्टी प्रवेश गर्ने १०७ जनामा धेरैजसो नेमकिपाबाट बिद्रोह गरी आएकाहरु भएका र अन्य राजनीतिक दलसंग आवद्धहरु पनि पार्टी प्रवेश गरेका उनले जानकारी गराएका छन् ।

    नवप्रवेशीहरुलाई नेकपा बागमती प्रदेश कमिटीका सचिव आनन्दप्रसाद पोखरेल, भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्म, सहइन्चार्ज सोमप्रसाद मिश्र, जिल्ला अध्यक्ष वचन देउजा लगायतले स्वागत गरेका थिए ।

    उक्त अवसरमा नवप्रवेशीहरुले नेमकिपामा ब्यक्तिबादी चिन्तन र राजनीतिक संकीर्णता व्याप्त रहेकाले यसले समाज र राष्ट्रको विकासमा योगदान दिन नसक्ने निष्कर्ष सहित पार्टी परित्याग गर्नुपरेको बताएका थिए । नेकपा पार्टीमात्र नभई एउटा आन्दोलन नै भएको भन्दै उनीहरुले सुखी नेपाली र समृद्ध नेपालको अभियानमा योगदान गर्न आफूहरु नेकपामा प्रवेश गरेको जिकिर गरे ।

    पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका पूर्व मन्त्री एवं नेकपाको बागमती प्रदेश कमिटी सचिव आनन्दप्रसाद पोखरेलले नेकपा नेतृत्वको सरकारले राष्ट्रियता, जनजीविका र विकासनिर्माण लगायतको क्षेत्रमा युगान्तकारी कामहरु गरेको स्मरण गर्दै सरकारका उपलब्धीलाई पार्टीले जनता सम्म लैजानुपर्ने आवस्यकता औल्याए । सरकारप्रति बिपक्षीहरुले जनतामा भ्रम छरिरहेको तर्फ सचेत हुँदै नेताकार्यकर्ताले जनतालाई भ्रमबाट मुक्त गर्नुपर्ने उनको भनाइ रहेको छ । पोखरेलले नेमकिपालाई कुवाको संज्ञा दिंदै गतिशीलताको खोजीमा नेकपामा प्रवेश गरेका कार्यकर्ताहरु निरास हुनुपर्ने स्थिति नआउने आश्वासन समेत दिए । नेकपाले मात्र देशलाई समाजबाद सम्म पुर्याउन सक्ने प्रष्ट पार्दै उनले सम्पूर्ण क्रान्तिकारीहरु अन्तत नेकपामा गोलबन्द हुनुको बिकल्प नभएको दावी गरे ।

    त्यसैगरी नेकपाको केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्मले कुनै बेला देशव्यापीरुपमा राम्रो संगठन बनाएको नेमकिपा सहि नेतृत्व र कार्यदिशा नहुँदा भक्तपुर नगरभित्र सिमित भएको भन्दै निकट भविष्यमा त्यो पनि नरहने जिकिर गरे । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख समेत रहेका नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज सोमप्रसाद मिश्रले भक्तपुरमा नेमकिपाले सामन्ती सत्ता चलाएको आरोप लगाउदै आफ्नो बिचार नमान्ने र अन्य पार्टीमा आस्था राख्नेलाई नगरपालिकाले अनावश्यक दुख दिने र दिनुपर्ने सेवाबाट समेत बन्चित गर्न हरसम्भव प्रयत्न गर्ने गरेको बताए । आगामी निर्वाचनमा भक्तपुरका जनताले नेकपालाई निर्वाचित गर्ने आधार तयार भैसकेको भन्दै मिश्रले आजको पार्टी प्रवेश त्यसको उदाहरण भएको प्रष्ट पारे ।

    कार्यक्रममा पूर्व जिल्ला अध्यक्ष एवं प्रदेश कमिटी सदस्य राजेन्द्र राजथला,गरिबी निवारण कोषका उपाध्यक्ष समेत रहेका नेता निर्मल भट्टराई, जिल्ला समन्वय समितिका प्रमुख रहेका जिल्ला कमिटी सदस्य नवराज गेलाल, सूर्यविनायक नगरपालिका प्रमुख रहेका जिल्ला कमिटी सदस्य वासुदेव थापा, जिल्ला नेता ओमचरण अमात्य लगायतको उपस्थिति रहेको थियो ।जिल्ला अध्यक्ष वचन देउजाको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रमको संचालन सचिव डिपी ढकालले गरेका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...