News Portal

  • देवी माविलाई चार करोडमा निर्मित भवन हस्तान्तरण

    २०२४ पटक

    भक्तपुर, २२ असोज । देवी माध्यमिक विद्यालयलाई रु. चार करोडको लागतमा बनेको भवन हस्तान्तरण गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको सौडोलस्थित सो विद्यालयको नवनिर्मित भवन बिहीबार विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

    वि.सं. २०७२ सालको विनासकारी भूकम्पको कारण क्षतिग्रस्त विद्यालयको सो भवन निर्माणका लागि एसियाली विकास बैंक र नेपाल सरकारको सहयोग रहेको थियो । केन्द्रीय कार्यान्वय इकाई (शिक्षा) र जिल्ला आयोजना इकाई(शिक्षा) को सहयकार्यमा डीआरएसपी प्रथम कार्यक्रम अन्तर्गत निर्मित सो भवनको उद्घाटन नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनीधि सभाका संघीय सांसद प्रेम सुवालले गरेका थिए ।

    सांसद सुवालले उद्घाटन गरेपछि जिल्ला आयोजना इकाई (शिक्षा) का प्रमुख भरतबहादुर श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराम बासुकला र विद्यालयका प्रधानाध्यापक राजाराम छुकांलाई संयुक्त रुपमा विद्यालयको साँचो हस्तान्तरण गरे । भवन निर्माणका लागि रु. ३ करोड ७३ लाख ७७ हजार बजेट विनियोजन भएको थियो ।

    भवन निर्माणको काम २०७५ पुस २५ गतेबाट सुरु भएको थियो । गत बैशाखमै निर्माण सम्पन्न उक्त भवन कोरोना महामारीको कारण रोकिएको थियो । हाल ६ सय ५ विद्यार्थी अध्ययनरत उक्त विद्यालयले नयाँ भवन पाएसँगै शैक्षिक क्रियाकलापलाई सहज रुपमा अघि बढाउन सहयोग पुग्ने विद्यालयका प्रअ छुकांले बताए । ‘भूकम्पका कारण भएको भवन क्षति हुँदा ठाउँ अभाव भएको थियो, हामीले ७ कोठे भवन पाएपछि समस्या हल हुने भएको छ ।’ उनले भने ।

    गुणस्तरीय शिक्षा दिने उत्कृष्ट विद्यालयको रुपमा रहेको सो विद्यालयमा विद्यार्थीको आर्कषणका कारण कक्षाकोठा अभाव थियो । भवन हस्तान्तरणसँगै विद्यालयको उक्त समस्या हल हुने जिल्ला आयोजना इकाई(शिक्षा)का प्रमुख भरतबहादुर श्रेष्ठले जानकारी दिए ।

    आत्मनिर्भर अर्थतन्त्र अहिलेको आवश्यकताः सुवाल
    यसैबीच सांसद सुवालले आत्मनिर्भर अर्थतन्त्र अहिलेको आवश्यकता रहेको बताएका छन् ।

    भवन उद्घाटनपछि विद्यालयले भूकम्पप्रतिरोधी अत्याधुनिक भवन पाएपछि त्यसको सदुपयोगमा विद्यालयले ध्यान दिन अनुरोध गर्दै विकासका लागि विदेशीको भर पर्न नहुनेका जोड दिए ।

    उनले अहिले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको समयमा अझ बढी आत्मनिर्भर अर्थतन्त्रको जरुरी महसुस भएको जनाउँदै सरकारले त्यतातिर ध्यान दिन नसकेको बताए ।

    उनले अहिले पनि सरकार एमसीसी पास गराउन उद्यत रहेको चर्चा गर्दै सरकार देशलाई आत्मनिर्भर बनाउने भन्दा परनिर्भर बनाउनेतिरै केन्द्रीत रहनु विडम्वनाको विषय भएको उल्लेख गरे ।

    सांसद सुवालले कोभिड १९ को संक्रमणले विकासोन्मुख देशका गरिब जनतालाई समस्या भएको बताए । कोरोनाबाट बच्नका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी व्यवहारलाई स्वास्थ्यमैत्री बनाउन जरुरी रहेको बताए ।

    उनले विद्यालयले नयाँ भवन पाए पनि विद्यार्थीको पठनपाठनबारे शिक्षा मन्त्रालयले आवश्यक बन्दोबस्त नगर्दा लाखौं विद्यार्थी पढाइबाट बञ्चित हुनु परेकाले तत्काल विकल्प दिनुपर्ने पनि बताए ।

    सोही अवसरमा सांसद सुवालले विद्यालय भवन निर्माणमा सहयोग गर्ने परामर्शादाता, इञ्जिनियर र निर्माण व्यवसायीलाई कदर पत्र प्रदान गरेका थिए ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराम बासुकला, शिक्षक राजेन्द्रकुमार साखकर्मीले विद्यालयले दिने शिक्षालाई अझ प्रभावकारी बनाउन विद्यालय परिवार एकवद्ध भई लागिरहेको बताए ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...