News Portal

  • खसी च्याङ्ग्रा खरिद अन्तिम चरणमा, घटस्थापना पछि बिक्री

    ७०२ पटक

    काठमाडौं, २५ असोज । विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकामा खसी बोका तथा च्याङ्ग्रा बिक्री गर्ने भएको छ । यो बर्ष घटस्थापनाको भोलिपल्ट कात्तिक २ गतेदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री खुल्ला गर्ने भएको हो ।

    दुई हजार खसी तथा एक हजारको संख्यामा च्याङ्ग्रा वितरण गर्ने योजना अनुरुप खरिद गर्ने प्रकृया अन्तिम चरणमा पुगेको कम्पनीका विभागिय प्रमुख श्रीमणिराज खनालले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । ‘सबै तयारी पूरा भयो, ढुवानी गरेर काठमाडौं आइपुग्ने समयको आधारमा खसी बोका ल्याउँछौ’ उहाँले भन्नुभयो । मागको आधारमा कति सख्यामा खसी बोका खरिद गरेर ल्याउने भन्ने यकिन हुने उहाँले स्पष्ट पार्नुभयो ।

    खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दशैंलाई लक्षित गर्दै यस वर्ष तीन हजार वटा खसी र च्याङ्ग्रा खरिद गर्नको लागि ढुवानीकर्ताको छनौट गरिसकेको छ । उनीहरुलाई त्यहाँका स्थानीय प्रशासन कार्यालयले सहजीकरण गरेर खसी बोका पठाउने व्यवस्था मिलाउनेछन् ।

    खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले यो बर्ष दाङ र हेटौंडाबाट खसी बोका ल्याउन लागेको छ । च्याङ्ग्रा भने मुस्ताङबाट ल्याइने तयारी भैरहेको छ । यो बर्ष खाद्यले खसी बोका खरिदका लागि ५ करोड ९९ लाख ८६ हजार रुपियाँ बजेट छुट्याएको छ । गतवर्ष सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपियाँ बजेट छुट्याएको थियो । जसमा कम्पनीले १४ सय वटा खसी–बोका र १६ सय वटा च्याङ्ग्रा ल्याएको थियो ।

    संस्थानले विगत वर्षहरु जस्तै यस वर्ष पनि चामल, दाल, तेल जस्ता खाद्यवस्तु बिक्री सुरु गरिसकेको छ । उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायक तथा उपत्यका बाहिरका २४ स्थानबाट सुपथ मूल्यमा खाद्यवस्तु बिक्री भैरहेको छ । कात्तिक २ गतेदेखि थापाथालीबाट खसी बोका च्याङ्ग्राको बिक्री हुनेछ । खसीबोकाको मूल्य पनि संस्थानले केही दिनमै सार्वजनिक गर्ने छ । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...