News Portal

  • राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट सटही नगर्ने

    १०९० पटक

    काठमाडौं, २५ असोज । राष्ट्र बैंकले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नयाँ नोट वितरण गर्दा झनै जोखिम बढ्ने भन्दै यस पटक निष्कासन नगर्ने भएको हो ।

    कोभिड–१९ का कारण यसअघिका वर्षझैं सामान्य परि स्थिति नभएकाले नयाँ नोट सटही गर्ने सम्भावना नभएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले बताए । ‘झन्–झन् कोरोनाको संक्रमण फैलिरहेकाले यस्तो जोखिमका बेला नयाँ नोट बाँड्ने सम्भावना छैन । यसबारे अझै २–३ दिनमा औपचारिक निर्णय गर्दै छौं,’ उनले भने ।

    राष्ट्र बैंकले प्रत्येक वर्ष रु. ५, १०, २०, ५० र १०० दरका नयाँ तथा सफा नोट सटही गर्दै आएको थियो । नोट सटही गर्दा राष्ट्र बैंकमा तथा तोकिएका बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको घुइँचो लाग्ने गर्दथ्यो । अहिले पनि लाइनमा नोट वितरण गर्ने स्थिति नभएकाले सम्भावना न्यून भएको प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् ।

    कोभिडले गर्दा अब आम नेपालीले नयाँ नोट सटही गरेर दसैंमा प्रयोग गर्ने प्रवृत्ति हटाउन प्रेरित गरिने उनको भनाइ छ । यद्यपि यस पटक सर्वसाधारणले कुन बैंकबाट सस्तो ब्याजदरमा कर्जा लिने र कुन बैंकमा राम्रो ब्याजमा निक्षेप राख्नेमा बढी केन्द्रित भएर प्रश्न गरेका छन् । तर, नयाँ नोटमा उनीहरूको रुचि नदेखिएको प्रवक्ता भट्टले बताए ।

    पछिल्लो परिस्थितिले नगदभन्दा पनि मोबाइल बैंकिङजस्ता डिजिटल प्रविधिको प्रयोग गरेर दक्षिणादेखि सबै कारोबार गर्नुपर्नेमा उनको जोड छ । उनका अनुसार मोबाइल बैंकिङ बढाउन सके नोटको माग कम हुन्छ ।

    ‘अहिले मोबाइल बैंकिङका प्रयोगकर्ता बढिरहेका छन् । यसैले नगदलाई भन्दा प्रविधिमा जोड दिने उचित समय हो,’ उनले भने, ‘मोबाइल बैंकिङ बढाउन सके नोटको माग कम हुने र नोट छपाइ, ढुवानी खर्च कम हुँदा लागत घटथ्यो ।’ अधिकांशले दसैंमा नयाँ नोट सटही गर्ने प्रवृत्ति बढ्दै गएकाले व्यवस्थापन गर्न राष्ट्र बैंकलाई चुनौती समेत भएको मुद्रा व्यवस्थापन विभागको भनाइ छ ।

    नयाँ नाटे सटही गर्ने बढ्दो प्रवृत्ति र नयाँ सुकिला नोट नै चाहिन्छ भन्ने मानसिकता बढ्दै जाने हो भने केन्द्रीय बैंक दोहोरो मारमा पर्छ । यसले एकातिर ढुकुटीमा भएका नाटे झुत्रो हुँदै जान्छ भने अर्को बजारमा नयाँ नोट परिचालन गर्दै जाँदा व्यवस्थापनमा चुनौती थपिने विभाग बताउँछ ।

    नयाँ नोट वितरण गर्ने प्रक्रिया नै कमजोर भएकाले अब नयाँ नोट सटही गर्ने प्रवृत्तिलाई परिमार्जन गर्न जरुरी भएको राष्ट्र बैंकको तर्क छ ।

    नगदभन्दा डिजिटललाई प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थाहरूले दसैंलाई नै लक्षित गरेर प्रडक्टहरू ल्याउने गरेका छन् । यस वर्ष पनि केही बैंकले तयारी गरेका छन् । मोबाइल बैंकिङबाटै प्रदान गर्न सकिने स्किमसहितको प्रडक्ट बजारमा ल्याउने तयारी उनीहरूले गरेका हुन् । विगतका वर्षमा समेत सानिमा, एनआईसी एसिया बैंकलगायतले यस्तै प्रकृतिका प्रडक्ट बजारमा ल्याएका थिए । यसबाहेक दसैं नजिकिँदै गर्दा बैंकहरूले डिजिटल कारोबारबाट किनमेल गर्दा पनि विभिन्न छुटका स्किम दिने गरेका थिए । यस्ता अफर क्रमशः दिन थालेका छन् ।

    गत वर्षको दसैंमा दक्षिणा मोबाइल बैंकिङमार्फत सीधै बैंक खातामा पठाउने व्यवस्था गरेको सानिमा बैंकले यस पटक पनि यस्तो प्रडक्ट बजारमा ल्याउने तयारी गरिरहेको छ । हरेक चाडपर्वलाई लक्षित गर्दै प्रडक्ट ल्याइरहेको सानिमा बैंकका प्रडक्ट शाखा प्रमुख विक्रम श्रेष्ठ बताउँछन् । यस वर्षको दसैंमा पनि मोबाइलबाट दक्षिणा प्रडक्ट ल्याउनेबारे छलफल भइरहेको उनले जानकारी दिए । आर्थिक अभियान दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...