News Portal

  • फेरि निषेधाज्ञाका लागि सरकारलाई आग्रह गर्ने भक्तपुरको निर्णय

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ असाेज
    १३७४ पटक
    भक्तपुर, २५ असाेज

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरपालिकास्तरीय प्रकोप व्यवस्थापन केन्द्रको बैठकले देशमा पुन:निषेधाज्ञा जारि गर्नुपर्ने निष्कर्ष निकालेको छ । आइतबार सम्पन्न बैठकले पुनः निषेधाज्ञा गर्न नेपाल सरकारसमक्ष आग्रह समेत गरेको छ ।

    बैठकमा नगर प्रमुख प्रजापतिले काठमाडौं उपत्यकामा एकै दिनमा २ हजार ६ सय भन्दा बढी संक्रमण पुष्टि हुनुले संक्रमणको खतरा झन् बढाएको बताए ।” काठमाडौं उपत्यका कोरोना केन्द्रको रुपमा विकास भइरहेकोले पुनः निषेधाज्ञा गर्नु आवश्यक भएको छ ।” उनले भने । बैठकमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निषेधाज्ञा खुकुलो बनाएसँगै उपत्यकामा कोरोनाको जोखिम बढेको बताउँदै हालकाे अवस्थामा जोखिमकाे मात्रा अधिक रहेकाे स्वीकार गरिन् ।

    त्यसैगरी, नेपाली सेना वीरदल गणका प्रमुख शिवप्रसाद पौडेल, महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक तारादेवी थापा, सशस्त्र प्रहरी बलका स.प्र.नि. मुकुन्द चापागाइँ, राष्ट्रिय अनुसन्धान विभाग भक्तपुरका अनुसन्धान अधिकृत पवनराज पाण्डे लगायतले पनि निषेधाज्ञा नहुँदा संक्रमण जोखिम बढेको बताएका नगर प्रमुखकी प्रेस संयोजक कीर्तिका प्रजापतिले जानकारी गराइन् ।

    बैठकले पुनःनिषेधाज्ञा गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको नगर प्रमुख सुनिल प्रजापतिले पुष्टि गरे  । दशैंको समयमा भीडभाड बढेर कोभिड १९ को संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उनको भनाइ छ । ”विगतमा जस्तै अति आवश्यक सेवा बाहेकका अन्य सेवाहरु बन्द हुने गरी पुनःनिषेधाज्ञा गर्न नेपाल सरकारलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।” प्रमुख प्रजापतिले प्रष्ट पारे ।

    उक्त अवसरमा दशैंको समयमा भक्तपुरको दरबार क्षेत्रस्थित तलेजु परिसरमा हुने विभिन्न जात्रा र जात्रासँग सम्बन्धित सरोकारवालाहरुसँग दशैंलाई औपचारिकतामा सीमित गर्ने विषयमा छलफल भैसकेको भन्दै नगर प्रमुख प्रजापतिले भक्तपुरको तलेजु मन्दिर परिसरभित्र हुने सबै प्रकारका पुजामा बली नदिने र तलेजु भवानीको पुजालाई स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरी विधिपूर्वक सामान्य पुजामा मात्र सीमित गर्ने निर्णय गरिएको बारे बैठकमा जानकारी गराएका थिए । दशैंको समयमा हुन सक्ने संक्रमणको जोखिमलाई ध्यानमा राखी नगरपालिकाले वडा–वडामा स्वयम्सेवक परिचालन गरी कोभिड १९ बारे सर्वसाधारण जनतालाई निरन्तर सचेत गरिरहने उनले कार्य योजना सुनाएका प्रेस संयोजक कीर्तिका प्रजापतिले जनाएकी छन् ।

    बैठकले कोभिड १९ रोकथाम र नियन्त्रणको लागि नजिकिँदै गरेको दशैँमा हुने सबै प्रकारका जात्रा र पूजाआजाहरुलाई औपचारिकतामा सीमित गर्न र भीडभाड हुन नदिन नगरबासीहरुसंग आह्वान गर्ने समेत निर्णय लिएको बताइएको छ । साथै, आवश्यक सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायहरुलाई जिम्मेवारी सहित सक्रिय बनाउने विषयमा पनि निर्णय भएको जानकारी प्राप्त भएको छ ।

    बैठकमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, भक्तपुर अस्पतालका तर्फबाट प्रशासन अधिकृत राजेन्द्रप्रसाद नेपाल, जनस्वास्थ्य केन्द्रका प्रमुख रत्नसुन्दर लासिवा, भक्तपुर नपाका जनप्रतिनिधि, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष विरेन्द्र जति, भक्तपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...