News Portal

  • दशैँ आए पनि चम्केन व्यापार

    ४६१ पटक

    काठमाडौं, २८ असोज । अचेल उपत्यकामा केही भीडभाड बढे पनि व्यापार भने बढ्न सकेको छैन । यस वर्षको दशैँ तिहार नजिकै आउँदा पनि व्यापार चम्कन नसकेपछि व्यापारी निराश छन् ।

    स्थायी घर गोरखाका गणेश भट्टले दशैँका लागि तन्ना तथा कुर्ता बिक्रीका लागि राख्नुभएको छ तर सधैँ झैँ व्यापार छैन । उनले अघिल्ला वर्षमा एक सयभन्दा बढी तन्ना बेच्थे । ग्राहक आएर बस्ने ठाउँ हुँदैनथ्यो तर अहिले १० वटा बिक्री हुन पनि गाह्रो छ । काठमाडौँमा व्यापार गरिरहेका उनी आफूहरू पनि दशैँ मनाउन केही आम्दानी गर्नुपर्ने भएकाले दशैँको मौका छोपी व्यापार गर्न लागेको तर कोरोनाको महामारीले व्यापार नभएपछि निराश भएको बताउँछन् ।

    बाटोमा हिँड्डुल गर्ने व्यक्ति पनि पहिलेभन्दा पातला छन् । आफ्नो अनुभव सुनाउँदै उनले व्यापार पहिलेको दाँजोमा २५ प्रतिशत पनि छैन, खाद्यान्न बाहेकका वस्तुको अहिले कारोबार न्यून रहेको सुनाए ।

    अहिले सपिङ मलका व्यापारी दिनभर सटर खुला राखेर कहिले पाँच–दस हजार व्यापार गरेर घर फर्किन्छन् भने कहिले व्यापारै नगरी घर फर्कने पनि भएको व्यापारीको अनुुभव छ ।

    दशैँ नजिकिएसँगै व्यापार पनि होला भन्ने सोचले सामान ल्याए पनि ग्राहक नआउँदा उनीहरू अहिले समस्यामा परेका हुन् । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण नागरिक घरभित्रै भएकाले पनि दशैँको सामान किन्न खासै बजार निस्केका छैनन् । ग्राहकलाई आकर्षण गर्न व्यापारीले विभिन्न सामानमा छुटको व्यवस्था गरे पनि त्यसमा ग्राहकको आकर्षण नभएको लुगा व्यापारी अनिल बर्माले बताए ।

    उनका अनुसार अहिले दशैँ नजिकिँदै गर्दा सपिङ मलका व्यापारीले दशैँ, तिहार तथा छठलाई लक्षित गर्दै छुट सहुलियत, उपहार लगायत योजना ल्याएका छन् । दशैँमा नयाँ लगाउनुपर्ने र मीठो खानुपर्ने परम्परागत मान्यता रहिआएको छ । छुट र सहुलियतले बजारमा रौनक छाउने गरेको विशालबजार व्यापार सङ्घका अध्यक्ष दामोदर कार्कीले बताए ।

    उनले यो वर्ष कोरोना महामारीका कारण व्यापार हुने आश छैन । पहिलेको १० देखि १५ प्रतिशत मात्रा व्यापार हुन्छ होला । फुटपाथतिर अलि होला तर हाम्रो जस्तो पसलमा कहिले त बोहनी पनि हुँदैन भन्नुभयो । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...

    पुरा भयो एसईई परीक्षाको तयारी

    २०७९ मा हुने एसईई परीक्षाको तयारी पुरा भएको छ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा...

    आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

    मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

    सूर्यविनायक साँगा सडक खण्डको निर्माण कार्य शुरु

    सूर्यविनायक धुलिखेल सडक आयोजना अन्तर्गत सूर्यविनायक साँगा सडक खण्डको सडक निर्माण कार्य शुरु भएको छ...

    वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइदै

    आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।...