News Portal

  • प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद बिस्तार : बस्नेतलाई मन्त्री बन्न आफ्नै गुटका नेता बाधक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ असोज
    २३२३ पटक
    भक्तपुर, २८ असोज

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमंडल पुनर्गठन गरेका छन् । केही नयाँ अनुहार भित्राउदै उनले मन्त्रीमंडल पुनर्गठन गरेका हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा मन्त्रीपरिषद पुनर्गठन गरिएको राष्ट्रपति कार्यालयले जनाएको हो ।

    पुनर्गठन भएको मन्त्रीमंडलमा केही नयाँ अनुहार भित्रिएका छन् भने केही पुराना मन्त्रीहरुको जिम्मेवारी समेत हेरफेर गरिएको छ । प्रधानमन्त्री ओलीले अर्थमन्त्रीमा विष्णु पौडेल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा लीलानाथ श्रेष्ठ र शहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठलाई नियुक्त गरेका छन् ।  प्रधानमन्त्री ओलीले तीनै जना आफु निकट नेताहरुलाई मन्त्री नियुक्त गरेका हुन् । महिला बालबालिकामा रहेका पार्बत गुरुङले  संचार तथा सूचना प्रविधि मन्त्रालय पाएका छन् ।

    प्रधानमन्त्रीले उपप्रधान एवं रक्षा मन्त्री रहेका ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएका छन् भने उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा ल्याएका छन् । पोखरेलले सम्हाल्दै आएको रक्षाको जिम्मेवारी प्रम आफैले लिएका छन् ।

    अनेक अड्कलबाजीका बीच प्रम ओलीले अचानक मन्त्रीमंडल बिस्तार गरेसंगै यस अघि मन्त्री बन्ने चर्चामा रहेका नेताहरु चित् परेका छन् । मन्त्रीका बलिया दावेदार मानिएका भक्तपुरका सांसद एवं नेकपा केन्द्रीय सदस्य महेश बस्नेत नयाँ मन्त्री मण्डलमा अटाउन सकेनन् । यद्यपी दशैपछि पुन: मन्त्रीपरिषद पुनर्गठनको सम्भावना रहेको र त्यसमा बस्नेतलाई पार्ने आश्वासन दिइएको बताइन्छ । अब मन्त्री थप गर्नुपर्दा पुरानोलाई हटाउनुको बिकल्प भने छैन । किनभने, संविधान अनुसार पच्चीस जनाको संख्या भन्दा बढी संख्याको मन्त्रीपरिषद बनाउन नपाउने व्यवस्था गरिएको छ । प्रधानमन्त्रीले आफूसंग रहेको रक्षा दिएमा अर्का एक नेता भने अझै अटाउन सक्ने सम्भावना छ ।

    संचार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्री हुने हल्ला चलेका सांसद बस्नेतको शहरी बिकाशमा भने बलियो सम्भावना रहेको थियो । चुनावमा पराजित हुँदा मन्त्री बन्न सफल केपी ओली गुटका नेता भनेर पनि चिनिने बस्नेतलाई केपी ओली नै प्रधानमन्त्री भएकाे बेलामा भने मन्त्री बन्न उनकै गुटका नेताहरु बाधक बनेको श्रोतको भनाइ छ ।यस अघिको मन्त्रीमण्डल बिस्तारमा पनि भाैतिक पुर्वाधार तथा यातायात र शहरी बिकाशमा बस्नेतले रुची राखेका थिए । भाैतिक पुर्वाधार तथा यातायातमा नेता सुवास नेम्वाङले आफ्नै भाइलाइ ल्याएपछि र  तत्कालिन संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले शहरी बिकाश समेत लिएपछि बस्नेत मन्त्री बन्नबाट बन्चित बनेका थिए । यद्यपी, त्यतिबेला उनलाई खेलकुद मन्त्रालयको प्रस्ताव आएको भएपनि जान नचाहेको बस्नेत निकट श्राेतले जनाएकाे थियाे ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...