News Portal

  • उडेर होइन, गुडेर खरिपाटी आइपुग्यो सेनाको हेलिकप्टर

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, ३० असोज
    १२९६ पटक
    भक्तपुर, ३० असोज

    बिहीबार राति सडकमा अनौठो दृश्य देखियो । अबेर भक्तपुर फर्कदै गरेको तपाइहरुले सडकमा गुडिरहेको हेलिकप्टर देख्दा अचम्म मान्नुभयो होला ! हो, सधै आकाशमा उडेर यात्रा तय गर्ने नेपाली सेनाको एमआई १७ हेलिकप्टरले बिहीवार सडकमा गुडेर आफ्नो यात्रा तय गर्यो ।

    नेपाली सेनाको एमआई १७ हेलिकप्टरलाई खरिपाटीस्थित सैनिक प्रतिष्ठानमा ल्याइएकाे हाे । यो यात्रा सम्भवत: यसको अन्तिम यात्रा हो । नेपाली सेनाको एमआई १७ हेलिकप्टर सेवामुक्त(डिकमिसन) भएपछि यसलाई खरिपाटीस्थित सैनिक प्रतिष्ठानमा ल्याइपुर्याएको छ । कुनै समय आकाशमा गोता खाने यसको रिटायर्डपछिको समय खरिपाटीको सैनिक प्रतिष्ठानमै सिमित बन्ने भएको छ ।

    डिकमिसनपछि हेलिकप्टरलाई विमानस्थलबाट खरिपाटीमा डम्प गरिएको नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले पुष्टि गरेका छन् । यसले उडान भर्ने समय समाप्त गरेका कारण सैन्य कार्यमा प्रयोग गर्न नमिल्ने भएपछि डिकमिसन गरिएको उनले बताए ।

    बिहीबार राति ८ बजे सडक मार्गबाट यो हेलिकप्टर खरिपाटी ल्याइएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट रिटायर्ड भएको यो हेलिकप्टरलाई सिनामंगल–सल्लाघारी–जगाती र कमलविनायक हुँदै खरिपाटी ल्याइएको छ । ल्याउनेक्रममा केहि ट्राफिक जाम हुनाका साथै मानिसहरुले कौतुहलतापूर्वक यसको अवलोकन समेत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...

    पुरा भयो एसईई परीक्षाको तयारी

    २०७९ मा हुने एसईई परीक्षाको तयारी पुरा भएको छ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा...

    आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

    मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

    सूर्यविनायक साँगा सडक खण्डको निर्माण कार्य शुरु

    सूर्यविनायक धुलिखेल सडक आयोजना अन्तर्गत सूर्यविनायक साँगा सडक खण्डको सडक निर्माण कार्य शुरु भएको छ...

    वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइदै

    आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।...