
कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि भक्तपुरको जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । आइतबारदेखि लागू हुनेगरी सेवा बन्द गरिएको हो । जिप्रकाले शुक्रबार एक सूचना नै प्रकाशित गरि यसबारे जानकारी गराएको छ । अत्यावश्यक सेवा बाहेक अन्य सेवा रोकिएको सिडिओ हुमकला पाण्डेले बताइन् । अर्को सूचना नभए सम्म सेवा रोकिएको उनको भनाइ छ । बन्द नहुने अत्यावश्यक सेवा अन्तर्गत ४ वटा सेवा रहेका जनाइएको छ । शान्तिसुरक्षा, ठाडो निवेदन र उजुरी, मुद्दा सुनुवाइ र बिपद ब्यवस्थापनको सेवा जारी रहने सूचनामा भनिएको छ । हेर्नुस् सूचना