News Portal

  • दशैँको पूर्वसन्ध्यामा नगरबासीलाई मेयर प्रजापतिको यस्तो संदेश

    सुनिल प्रजापति, प्रमुख भक्तपुर नगरपालिकाभक्तपुर, ३० असोज
    १३७३ पटक
    भक्तपुर, ३० असोज

    आदरणीय नगरबासी दिदीबहिनी दाजुभाइहरु,
    दिनदिनै कोरोना संक्रमणको संख्या वृद्धि भइरहेकोबारे हामी सबै जानकार नै छौं । देशभर दैनिक कोरोना संक्रमित हुनेहरूमध्ये काठमाडौँ उपत्यकामा मात्रै ५० प्रतिशत भन्दा बढी मानिसहरु संक्रमित भएको पाइएको छ । घना वस्ती भएको उपत्यकामा यो रुपमा कोरोना संक्रमण फैलिनु तपाई हामी कोही पनि सुरक्षित नभएको संकेत हो ।

    विश्वमा हालसम्म औषधी पत्ता नलागेको यो रोगबाट बच्न कुनै पनि काम गर्दा अर्को व्यक्तिबाट टाढा रहनु नै हो । भक्तपुर नगरपालिकाले नगरवासीहरुको स्वास्थ्यलाई ध्यानमा राखी जनताहरुलाई रोगबारे सचेत पार्न दैनिक माइकिङ तथा विभिन्न संचार माध्यमबाट सूचना प्रवाह गरिरहेको छ ।

    नगरबासीहरुमा संक्रमितहरुको संख्यामा वृद्धि हुन थालेपछि घर घरमै एकान्तवास बस्नेहरुका लागि स्वास्थ्य, सरसफाइ र अन्य विषयमा जानकारी लिन नगरपालिकाले चिकित्सक र कर्मचारीहरुको नाम र सम्पर्क नम्बर सार्वजनिक गर्दै आएका छौं । त्यसबाट धेरै नगरबासीहरुको सेवा भइरहेको छ ।

    भक्तपुर नगरपालिकाले लक्षण नदेखिएका तर घरमा बस्न सम्भव नभएका नगरवासीहरुलाई भक्तपुर नपा वडा नं. ब्रम्हायणीमा छुट्टै एकान्तबास (आइसोलेसन) को व्यवस्था गरिरहेको छ । सरकारी मापदण्डअनुसार निर्मित उक्त ७५ शैय्या क्षमताको आइसोलेसनमा ५६ जना नगरबासीले सुविधा पाइरहेका छन् । त्यसको लागि नगरपालिकाले छुट्टै समिति गठन गरेर आवश्यक व्यवस्था गर्दै आएको छ ।
    आइसोलेसनमा बसी स्वास्थ्यलाभ गरिरहनुभएका संक्रमितहरूलाई समय—समयमा चिकित्सक, आर्युवेदिक चिकित्सक, फिजियोथेरापिष्ट, मनोपरामर्शदाता एवम् जनप्रतिनिधिहरूबाट स्वास्थ्य परामर्श दिइरहेका छौं ।

    संक्रमण व्यापक रुपमा फैलिन नदिन विस्काजात्रा, गाईजात्रा, गुँला बाजा, पञ्चदानलगायतका महत्वपूर्ण चाडपर्वहरुलाई औपचारिकतामा मात्रै सीमित राख्नुपर्याे । समाजमा कुनै किसिमको भिडभाड हुन नदिन र जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर यो अप्रिय निर्णय नगरपालिकाले गर्नु परेको यथार्थ यहाँहरु सबैले बुझ्नु भएको छ ।

    नेपालीहरुको महत्वपूर्ण पर्व दशैं हाम्रो सामु आइपुगेको छ । कार्तिक १ गते घटस्थापना छ । दशैंमा भक्तपुरमा विभिन्न जात्राहरु हुने गर्छन् । ती कुनै पनि जात्रामा भिडभाड हुन नदिन सरोकारवाला नगरबासीहरूसँग विभिन्न चरणमा छलफल अगाडि बढाएका छौं । तलेजुमा हुने विशेष पुजालाई औपचारिकतामा मात्रै सीमित गर्ने, कुनै किसिमको बली नदिने निर्णय सरोकारवालाहरुको बैठकले गरिसकेको जानकारी गराउन चाहन्छौं ।

    दशैंलाई व्यवस्थित र अनुशासित रूपमा सम्पन्न गर्न भक्तपुर नगरपालिकाले जिल्ला प्रशासन, गुठी संस्थान, महानगरीय प्रहरी परिसर, उद्योग वाणिज्य संघ, साना तथा घरेलु उद्योग व्यवसायी संघ, तलेजुका पुजारीहरूसँग सल्लाह गरी काम गरिरहेका छौं ।
    यसवर्ष सर्वसाधारणलाई तलेजु प्रवेश नगराइ पुजारीहरुलाई मात्रै प्रवेशको लागि छुट्टै अनुमति पत्रको व्यवस्था गरेको पनि सम्पूर्ण नागरिकहरुलाई जानकारी दिन चाहन्छौं । त्यसै गरी दशैंमा कुमारीलाई पनि सामान्य औपचारिकतामा सीमित गर्ने भएको छ भने नवदुर्गा जात्रालाई व्यवस्थित गर्न सरोकारवालाहरूसँग छलफल भइरहेको छ ।

    धेरै मानिसहरु भिड हुने गरी नवरातमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म नगरवासीहरु शक्ति पिठहरुमा नगई दिन नगरपालिकाको तर्फबाट हार्दिक अनुरोध गर्दछौं ।

    अहिले रोगको लक्षण देखिएमा अस्पतालमा भर्ना गर्न कुनै पनि अस्पतालमा आइसियु र भेन्टिलेटर खाली नभएको समाचारहरु आइरहेका छन् । रोग लागेमा गरिबहरु अकालमै मृत्यु हुनुपर्ने अवस्था आउ“दैछ । यो गम्भीर परिस्थितिलाई ध्यानमा राखी दशैंको बेला भीडभाडमा आ–आफ्नो घरमै बसेर दशैं मनाउनु हुन सबैमा हार्दिक अपिल गर्दछौं । बिजया दशमी २०७७ सालको शुभकामना !

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...