News Portal

  • दशैँलाई दशा बनाउनु हुँदैन : प्रजिअ पाण्डे

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ कात्तिक
    १६०४ पटक
    भक्तपुर, १ कात्तिक

    शनिवार घटस्थापनासंगै यस वर्षको दशैँ शुरु भएको छ । गत वर्षहरुकाे तुलनामा यस वर्ष दशैँको हर्षउल्लास भने ह्यात्तै घटेको छ । शक्तिपिठहरुमा गइ नवदूर्गा भवानीको पूजा गर्दै र ठूला बडाको आशिर्वाद लिंदै मनाइने रमाइलो पर्व दशैँलाई याे साल डर र त्रासका बीच सम्पन्न गर्नुको बिकल्प देखिएको छैन ।

    यसैबीच जिल्ला प्रशासन कार्यालय भक्तपुरले शक्तिपिठ र मन्दिरहरुमा दशैँको अवसरमा भिडभाड नगर्न सूचना जारी गरेको छ । ”नित्य पूजा बाहेक बलि दिन, दर्शनका लागि भिडभाड गर्न र संक्रमण फैलिन सक्ने अन्य गतिबिधि गर्न निषेध गरिएको छ ।” सूचनामा भनिएको छ । त्यतिमात्र होइन, दशैँको सम्भावित मोबिलिटी र त्यसबाट उत्पन्न हुनसक्ने संक्रमण जोखिमलाई मध्यनजर गर्दै जिप्रका भक्तपुरले जो जहाँ छ, त्यहिँ बसेर दशैँ मान्न समेत अपिल गरेको छ ।

    भक्तजनहरु उपस्थित भएर पूजा गर्दा, बलि दिँदा भिड हुने र त्यसले कोभिड १९ संक्रमणको जोखिम बढ्ने भएको कारणले शक्तिपिठ र मन्दिरहरुमा हुने भिडभाडमा बन्देज गरिएको सिडिओ हुमकला पाण्डेले बताइन् । दशैँको शुरु दिन घटस्थापना देखि अन्तिम दिन पूर्णिमा सम्म नै शक्तिपिठ र मन्दिरहरुमा पूजा गर्न नगई घरमै बसेर पूजा गर्न उनले सर्वसाधारणलाई अनुरोध समेत गरिन् । त्यसैगरी दशैमा भेटघाट र टीकाटालाका लागि समेत आफन्तहरुको घरमा जानुआउनु दूर्भाग्यपूर्ण हुनसक्ने उनको चेतावनी छ ।

    ”रोगले आफन्त भन्दैन, दशैँलाई दशा बनाउन हुँदैन भन्ने विषयमा सबैजना सचेत रहनुपर्दछ ।” भक्तपुर पाेस्टसंग उनले भनिन् ।भक्तपुरमा कोभिड १९ को संक्रमण जोखिम घट्न नसकेको प्रति चिन्ता व्यक्त गर्दै सिडिओ पाण्डेले यसप्रति सम्पूर्ण भक्तपुरबासी सचेत र जिम्मेवार बन्नुपर्ने बताएकी छन् । आफ्नो कारण संक्रमण फैलिन दिन्न भन्ने अठोट सबैले राखे संक्रमण नियन्त्रण गर्न सम्भव हुने उनको भनाइ छ ।

    जिल्ला सुरक्षा समितिको शुक्रवारको बैठकले शक्तिपिठ र मठमन्दिरहरुमा हुने नित्य पूजा बाहेक बलि दिन, दर्शनका लागि भिडभाड गर्न र संक्रमण फैलिने सक्ने अन्य गतिविधि गर्न बन्देज गर्ने निर्णय गरेपछि जिप्रकाले सूचना जारी गरेको हो । सूचनाको बेवास्ता गरे कानुन बमोजिम कारवाही हुने बताइएको छ ।

    भक्तपुरका कुल कोरोना संक्रमित ४ हजार नाघेका छन् भने अझै २ हजार बढी सक्रिय संक्रमित रहेका छन् । शुक्रवार मात्र एकैदिन २४४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । जति धेरै संक्रमित संख्या रहन्छ त्यति नै धेरै भेट्घाट हुने र धेरै मानिसमा संक्रमण फैलिने सम्भावना रहन्छ । यसरी हेर्दा भक्तपुरमा संक्रमण हुने दर बढ्दोक्रममा रहेको देखिन्छ । सामाजिक दुरी नै यसबाट जोगिने उत्तम बिकल्प रहेको अवस्थामा दशैँ, तिहार, छठ र नेपाल सम्बत लगायतका पर्वहरुमा हुने सामाजिक सामिप्यतालाई रोक्न नसके संक्रमण भयावह हुने तथ्य घाम जत्तिकै छर्लङ्ग छ ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...