News Portal

  • कुलमान घिसिङ हट्नु र लाइन कट्नुमा कुनै सम्बन्ध छैन : भक्तपुर शाखा प्रमुख रमण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ कात्तिक
    ९४६ पटक
    भक्तपुर, २ कात्तिक

    नेपाल विद्युत प्राधिकरणका लोकप्रिय कार्यकारी निर्देशक कुलमान घिसिङको बहिर्गमनसंगै लोडसेडिङ हुन लागेको भन्ने हल्ला मात्र भएको भक्तपुर वितरण केन्द्रका प्रमुख राजकुमार रमणले बताएका छन् । अब फेरि लोडसेडिङको कुनै पनि सम्भावना नभएको भन्दै उनले लोडसेडिङ हुन लागेको भन्ने हल्लाको पछि लाग्नु नहुने बताएका हुन् ।

    ” कुलमान सरको पालामा लोडसेडिङ अन्त्य भएकोले उहाँमाथि जनविश्वास रहनु स्वाभाविक हो । तर, उहाँ हट्दैमा फेरि लोडसेडिङ हुने हो कि भन्ने आशंका नराख्दा हुन्छ ।” भक्तपुर पोस्टसंग उनले भने । कुलमान घिसिङ्ग हट्नु र लाइन कट्नुमा कुनै सम्वन्ध नरहेको भक्तपुर वितरण केन्द्रका प्रमुख राजकुमार रमणले प्रष्ट पारे । भक्तपुर लगायत देशैभर कहिलेकाहिँ थाेरै समयका लागि विद्युत आपूर्ती बन्द हुनु सामान्य प्राविधिक समस्या मात्र भएको उनको भनाइ छ ।

    मौसमको प्रतिकुलताका कारण लाइन कट्ने गरेको दावी गर्दै प्रमुख रमणले यसलाई कार्यकारी निर्देशक कुलमान घिसिङको बहिर्गमन संग जोडेर हेर्नु नहुने बताए ।” कुलमान सरको बहिर्गमनसंगै देशभर अविरल वर्षा भयो, वर्षाको कारण बिद्युत आपूर्तीको नियमिततामा केहि गडबड भयो ।” उनले बताए । प्रमुख रमणका अनुसार वर्षा र हावाहुरीका कारण प्राधिकरणले कतिपय अवस्थामा सुरक्षाको दृष्टिले विद्युत आपूर्ती बन्द गर्नुपर्ने हुन्छ । विद्युत कट्ने अर्को कारण विद्युत सर्ट हुनु र ट्रान्समिटरको फयुज उड्नु पनि भएको उनको भनाइ छ । कतिपय अवस्थामा भने मर्मतका लागि विद्युत काट्नुपर्ने उनले बताए ।

    ”विद्युत आपूर्ती प्राविधिक विषय हो, प्राविधिक कारणले पहिले पनि बिजुली जान्थ्यो, कुलमान सर गएपछि यसको नोटिस भएको मात्र हो ।” रमणले भने । भक्तपुर वितरण केन्द्रमा १० मिनेट भन्दा बढी लाइन नजाने जिकिर गर्दै उनले कतिपय अवस्थामा नोलाइटमा नै लाइन गएको जानकारी नआउदा भने लाइन गएको थाहा नहुने र यो समय लामो हुनसक्ने उनले जानकारी गराए ।” लाइन कटेको थाहा हुनासाथ हामी १० मिनेटभित्र कार्यस्थल पुगेर मर्मत गर्छौं ।” उनले दावी गरे ।

    भक्तपुर वितरण केन्द्रका करिब ४० हजार ग्राहक रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...