News Portal

  • कोरोना संक्रमण फैलाउने हटस्पट बन्दै पशुपतिको आर्यघाट क्षेत्र

    १००१ पटक

    काठमाडौं, २ कार्तिक । कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या गुणात्मक रूपले बढ्न थालेसँगै पशुपति क्षेत्र विकास कोषले पछिल्लो पटक गरेको निणर्यका कारण अहिले पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्ने खतरा बढेको छ ।

    पशुपति क्षेत्र विकास कोषले कोरोनाका कारण मृत्यु भएको आशंका गरिएका शवलाई विद्युतीय शवदाह गृहमा जलाउन रोक लगाएसँगै पशुपति आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्ने सम्भावना बढेको हो ।

    कोषले मृतकका आफन्तको आग्रहलाई समेत बेवास्ता गर्दै शंकास्पद एवं अन्यलाई आर्यघाटमा दाउराको परम्परागत विधिबाटै जलाउन बाध्य बनाएका कारण भेला भएकाहरूबाटै संक्रमण फैलिरहेको बताइएको छ । परम्परागत विधिबाट लास जलाउन ३ देखि ४ घण्टा लाग्ने गरेको छ ।

    संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या दैनिक गुणात्मक रूपले बढेर अस्पतालका बेडहरू समेत नपाएर ज्यान गुमाउनेहरूको संख्या बढिरहेको छ । कोरोनाका कारण मृत्यु पुष्टि नभएका शंकास्पद र अन्य कारणले ज्यान गुमाएका मृतकको शप पशुपतिको आर्यघाटमा सँगै जलाउँदा मृतकका मलामी मात्र नभएर अहिले पशुपति क्षेत्र विकास कोषका कर्मचारी एवं शव जलाउने काममा सहयोग गरिदिने मजदुरहरू समेत उच्च जोखिममा परेका छन् । राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...