News Portal

  • खै १७ हजारको सम्पत्ति विवरण ?

    ६९५ पटक

    काठमाडौं, २ कार्तिक । सरकारी सेवामा कार्यरत कर्मचारीले अझै सम्पत्ति विवरण बुझाउन आनाकानी गरिरहेका छन् । कतिले जानकारी नपाएर वा कतिले सरकारी निर्देशनको अवज्ञा गरेर विवरण नबुझाउने गरेका छन् । आव २०७५÷०७६ मा सम्पत्ति विवरण नबुझाउने कर्मचारीको संख्या १७ हजार १ सय ८५ रहेको थियो ।

    गएको आवमा सम्पत्ति विवरण नबुझाउनेको पहिलो सूचीमा शिक्षक रहेका छन् । गएको आवमा ७ हजार ६ सय २६ शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन् । त्यस्तै स्थानीय तहअन्तर्गत महानगरपालिका, नगरपालिका र गाउँपालिका जनप्रतिनिधि र कर्मचारी गरी ४ हजार ४ सय ९८ जना सम्पत्ति विवरण बुझाएका छैनन् ।

    प्रदेश तहका ५ सय ५४, निजामती तहका २ हजार ५ सय ४, नेपाली सेनाका ४ सय ६०, नेपाल प्रहरीका १ सय ११ र अन्य तल्लो तहका १ हजार २ सय जनाले सम्पत्ति विवरण बुझाएका छैनन् । आर्थिक वर्ष २०७६÷०७७ मा सम्पत्ति विवरण नबुझाउनेबाट ८ करोड रुपियाँभन्दा बढी राजस्व संकलन हुने भएको छ ।

    केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष शुक्रबार बुझाएको प्रतिवेदनमा सम्पत्ति विवरण नबुझाउनेको सम्पत्ति छानबिन गर्न सक्ने अधिकार छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको सम्पत्तिको अद्यावधिक विवरण आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र तोकेको निकायमा सम्पत्ति विवरण बुझाउनुपर्ने उल्लेख छ ।

    केन्द्रले सम्पत्ति विवरण नबुझाउनेको तथ्यांक सार्वजनिक गरेको हो । प्रतिवेदनमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११० मा रहेको व्यवस्थाअनुसार स्थानीय तहका पदाधिकारीले प्रदेश सरकारमार्फत सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

    सम्पत्ति विवरण नबुझाउनेको दोेस्रो सूचीमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसमेत रहेका छन् । नेपाल समाचारपत्रबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...