News Portal

  • समाचार प्रभाव : सांसद बस्नेतले दशै भत्ता अस्पताललाई दिए

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३ कात्तिक
    १०५४ पटक
    भक्तपुर, ३ कात्तिक

    भक्तपुर क्षेत्र नम्बर २ का निर्वाचित संघीय सांंसद महेश बस्नेतले आफ्नो नाममा आएको दशै भत्ता भक्तपुर अस्पताललाई हस्तान्तरण गरेका छन् । सोमबार आफै उपस्थित भएर बस्नेतले रकम हस्तान्तरण गरेका हुन् ।

    कोरोना कहरका बीच पनि सांंसदहरुले दशै भत्ता लिएको समाचार बाहिरिएपछि उनीहरु जनतामाझ आलोचित बनेका थिए । नेकपा प्रवक्ता समेत रहेका सांंसद नारायणकाजी श्रेष्ठ बाहेक सबैले भत्ता लिएको समाचारमा भनिएपछि भत्ता फिर्ता गर्ने लहर नै चलेको छ ।

    यसैबीच सांंसद बस्नेतले ६५ हजार दशै भत्ता वापतको रकम भक्तपुर अस्पतालका अध्यक्ष मिलन सुवाल र मेसु डा सुमित्रा गौतमलाई हस्तान्तरण गरे । उक्त रकम गरीब तथा असहायको उपचारमा खर्च हुने गरि हस्तान्तरण गरिएको बस्नेतले बताए । आफूलाई थाहा नभइ खातामा भत्ता वापतको पैसा जम्मा भएको उनले जिकिर गरे । कोरोना भाइरस संक्रमणले आक्रान्त जनताले यसको विरोध गर्नु स्वभाविक भएको र जनअपेक्षाको कदर गर्नु आफूहरुको कर्तब्य भएको उनको भनाइ छ ।

    उक्त अवसरमा सांंसद बस्नेतले भक्तपुर अस्पतालको कोभिड ब्लक लगायतको स्थलगत अनुगमन गरेका थिए भने अध्यक्ष सुवाल र मेसु डा गौतमले कोभिड उपचारमा गरिएका कामहरुबारे अवगत गराएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...