News Portal

  • सचिवलाई सम्मान गर्दै सांसद बस्नेतले भने, सरकार अलोकप्रिय बनाउने योजनाको प्रतिवाद गर्नुपर्छ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ कात्तिक
    १३३३ पटक
    भक्तपुर, ४ कात्तिक

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहेका पूर्व मन्त्री एवं संघीय सांंसद महेश बस्नेतले सरकार माथि एक पछि अर्को हमला भैरहेको बताएका छन् । सरकारलाई कसरी अलोकप्रिय बनाउने भन्ने योजनामा केहि तत्व हात धोएर लागिरहेका उनले बताएका हुन् ।

    मंगलवार लोकन्थली स्थित मनोरम बाटिकामा पार्टी निकट निजामति कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन शिक्षा विभागीय कार्यसमितिद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बस्नेतले दशैँ भत्तासम्बन्धी समाचार सिस्टमप्रति नै नैराश्यता पैदा गराउने नियोजित हल्ला भएको जिकिर गरे । सरकार र सिस्टमप्रति प्रहार गर्ने र जनतालाई सडकमा ओराल्ने योजनाका साथ् धेरै हल्लाहरु चलाइएको भन्दै नेता बस्नेतले सांसदले कोरोना कहरकाबीच दशैँ भत्ता लिएको भन्ने समाचार त्यसकै पछिल्लो श्रृङ्खला भएको दावी गरे ।

    ”कहिले इनफ इज इनफका अभियन्तालाई उकासेर त कहिले डा गोबिन्द केसीलाई प्रयोग गरेर सरकारप्रति भ्रम फैलाउदै अलोकप्रिय बनाउने असफल प्रयास भैरहेको छ । दशैँ भत्ताको हल्ला त्यसकै निरन्तरता मात्र हो ।” उनले भने । सरकारविरोधीहरुले जनतालाई भ्रमित गर्दै सडकमा ओराल्ने प्रयास गरेपनि त्यो सफल नहुने उनको निष्कर्ष छ । जनताले नेकपाको सरकारबाट धेरै अपेक्षा राखेको स्वीकार गर्दै उनले क्रमस जनअपेक्षा पूरा हुँदै गएको र जनताकाे पक्षमा नेकपाकाे सरकार रहेकाे जिकिर गरे ।

    वर्तमान सरकारका पालामा विकास निर्माणको क्षेत्रमा धेरै काम भएका भन्दै उनले त्यसलाई जनतामाझ पुर्याउनुपर्नेमा जोड दिए । मिसन मिडिया र कथित बुद्धिजीवी र सामाजिक संजालका प्रयोगकर्ताहरुले सरकार बिरुद्ध गर्ने खेतीको आम कार्यकर्ताले प्रतिवाद गर्नुपर्ने उनको भनाइ छ ।

    उक्त अवसरमा कार्यक्रम आयोजक नेपाल निजामती कर्मचारी संगठन शिक्षा विभागीय कार्यसमितिको तर्फबाट भूमि व्यवस्था¸ सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई बधाई एवं सम्मान प्रदान गरिएको थियो । शिक्षा सेवाबाट सचिव बन्न सफल भएका सानोठिमी बस्ने पाण्डेलाई सांसद बस्नेतले प्रशंसा पत्र प्रदान गरेका थिए । कार्यक्रममा सचिव पाण्डेले समाजवादको यात्रा शिक्षामा विकास बिना सम्भव नहुने बताए । आफूले पच्चीस वर्ष शिक्षा सेवामा बिताएको स्मरण गर्दै पाण्डेले शिक्षा क्षेत्रको विकासका लागि आफूले दिलोज्यान दिने प्रतिवद्धता समेत प्रकट गरे । उक्त अवसरमा कर्मचारी संगठनले अभिभावकत्व लिएका श्री सरस्वति आधारभूत विद्यालय लोकन्थलीमा अध्ययनरत ३ जना  बालबालिकालाई शैक्षिक सामाग्री र लत्ताकपडा प्रदान गरिनुका साथै उनीहरुका परिवारलाई नगद र खाद्यान्नसहितकाे राहत वितरण समेत गरिएको थियो ।

    नेपाल निजामती कर्मचारी संगठन शिक्षा विभागीय कार्यसमितिका अध्यक्ष शिवराज पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष केदार प्रसाद देवकोटा, आधिकारिक ट्रेड युनियनका निवर्तमान अध्यक्ष पुण्यप्रसाद ढकाल, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)का शिक्षा विभागीय अध्यक्ष निमप्रकाश राठौर  लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    अक्सफोर्डका विद्यार्थीलाई आत्मविश्वास, सहकार्य र निर्देशनको पालना सम्बन्धी अभिमुखीकरण

    भक्तपुर १ सल्लाघारीस्थित अक्सफोर्ड प्राक्टिकल स्कुलले विद्यार्थी मार्ग निर्देशन, प्रतिभा पहिचान तथा पुरस्कार वितरण कार्यक्रम...

    लौहकिन्थलीस्थित मझेरी क्याफेमा छापामार्दा १६ जना समातिए

    भक्तपुरको मध्यपुर थिमी १ लौहकिन्थलीस्थित मझेरी क्याफेमा छापामारी प्रहरीले १६ जनालाई समातेको छ । उक्त...

    विश्व डाउन सिन्ड्रोम दिवसमा समावेशी शिक्षा र जिविकोपार्जन सम्बन्धी गोष्ठी सम्पन्न

    हरेक वर्ष बिश्व डाउन सिन्ड्रोम दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको डाउन सिन्ड्रोम समाज...

    नेराकस (निजामती) को बागमती प्रदेशमा ढुंगानाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को बागमती प्रदेश अध्यक्षमा श्रवण ढुंगाना निर्वाचित भएका छन् ।...

    पारिवारिक दुश्मनीले लियो ११ जनाको ज्यान

    पाकिस्तानमा एक प्रमुख स्थानीय राजनीतिज्ञसहित एघार व्यक्तिको हत्या भएको छ । बन्दुकधारीहरुले मङ्गलबार सो नरसंहार...