News Portal

  • चुलियो मोबाइल आयात

    १२९५ पटक

    काठमाडौं, ५ कार्तिक । यसअघि सबैभन्दा धेरै आयात हुने डिजेललाई समेत उछिन्दै मोबाइल फोन नेपालमा सबैभन्दा धेरै आयात हुने सूचीको शीर्ष स्थानमा परेको छ । चालू आर्थिक वर्ष २०७७÷७८ को तीन महिनामै नेपालमा ११ अर्ब रुपियाँभन्दा बढीको मोबाइल फोन आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

    बढ्दो अनलाइन पढाइ तथा चाडपर्वको माहोलसँगै असोजसम्म १५ लाख दुई हजार थान मोबाइल फोन आयात भएको तथ्याङ्कले देखाएको छ । सीमित अन्तर्राष्ट्रिय व्यापारका कारण कम भएको मोबाइल फोनको आयात चालू आवको तीन महिनामा भने ह्वात्तै बढेको हो ।

    सामुदायिक तथा निजी विद्यालयले अनलाइन शिक्षा प्रणाली कार्यान्वयनमा ल्याएपछि मोबाइल फोनको बजार पनि फस्टाएको देखिन्छ । आयातको सूचीमा मोबाइल फोनपछि अर्धप्रशोधित फलाम तथा स्टिल छ । साउनदेखि असोजसम्म यी वस्तुको आयात नौ अर्ब ८५ करोड रुपियाँ नाघेको छ ।

    त्यसपछि आठ अर्ब ९६ करोड रुपियाँको डिजेल आयात भएको छ भने कच्चा सोयाबिनको आयात सात अर्ब १६ करोड रुपियाँ पुगेको छ । त्यसपछि शीर्ष पाँचमा चामल रहेको छ, जुन छ अर्ब ९९ करोड रुपियाँको आयात भएको देखिन्छ ।

    निर्यात बढ्यो, आयात घट्यो
    अन्तर्राष्ट्रिय व्यापारमा फेरिएको पछिल्लो प्रवृत्ति चालू आवका तीन महिनामा पनि कायम छ । निर्यात गत आवको सोही अवधिको तुलनामा १४.२८ प्रतिशतले बढेर ३१ अर्ब नाघेको छ । यसबीचमा मुख्य रूपमा तयारी सोयाबिन तेल, कालो चिया, अलैँची, गलैँचा र धागोको निर्यात भएको देखिन्छ । कुल निर्यातमध्ये यी वस्तुको निर्यात मात्र करिब १३ अर्ब रुपियाँको छ ।

    आयात १२.७४ प्रतिशतले घटेर दुई खर्ब ९२ करोड रुपियाँ पुगेको छ । समग्र अन्तर्राष्ट्रिय व्यापारको आकार तीन अर्ब २३ करोड रुपियाँ नाघेको छ । यो अघिल्लो आवको असोजसम्मको तुलनामा १०.७१ प्रतिशतले कम हो ।

    आयातमा भएको गिरावट र निर्यातमा देखिएको सुधारले व्यापार घाटा खुम्चाएको छ । तीन महिनासम्म व्यापार घाटा दुई खर्ब ६१ अर्ब रुपियाँ पुगेको छ जुन अघिल्लो वर्षको तुलनामा १५.१३ प्रतिशतले कम हो । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...