News Portal

  • लकडाउनमा पनि रोकिएन सुन तस्करी

    ६७३ पटक

    काठमाडौं, ६ कार्तिक । सनम शाक्यको हत्यापछि सुन तस्करीबारे बढी नै चर्र्चा हुन थाल्यो, घटना खुल्दै गए तर तस्करीमा संलग्न मुख्य अभियुक्त कानुनी दायरामा नआउनु र विदेशी नेटवर्क अझै भत्किन नसक्नुले गिरोह पुनः सल्बलाएको पछिल्ला केही बरामद घटनाबाट देखिन्छ ।

    लडकडाउनकै बीच चैतयता समेत विभिन्न स्थानबाट सुन बरामद भएको छ । अहिले पनि नेपाल–भारत र चीन–नेपाल सीमा नाकाबाट सहजै आउजाउको स्थिति छैन तर तस्करहरु कसरी सुन बोकेर आउजाउ गर्छन् भन्ने प्रश्न उठेको छ । पक्राउ परेका भरियामाथि गहिराइमा पुगेर अनुसन्धान गर्न नसक्दा ओसापसार नियन्त्रणमा आउन सकेको छैन ।

    राजधानीकै थुप्रै नाम चलेका सुन व्यापारी तस्करको र्याकेट चलाउनेमा चिनिएका थिए । सहसचिव ईश्वरराज पौडेलको समितिले त केही उच्च घरानियाँ सुन व्यापारी र व्यवसायीमाथि छानबिन गर्न प्रस्ताव गरे पनि राजनीतिक दबाबले त्यो अघि बढ्न सकेन । कान्तिपुर दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति

    प्रेस सेन्टर नेपालको चाँगुनारायण नगरपालिका शाखाले दोश्रो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले दोस्रो कार्यकालका...

    ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको...

    प्रेस सेन्टर भक्तपुरको अधिवेशन शनिबार

    प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति भक्तपुरले पुस २० गते शनिबारको दिन आफ्नो अधिवेशन गर्ने...

    सम्पादक घिमिरेले गरे पत्रकार महासंघ उपत्यका प्रदेश कोषाध्यक्षको पदभार ग्रहण

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे (शुभचिन्तक)ले पदभार ग्रहण गरेका छन्...

    माओवादी केन्द्रको विद्यार्थी नेता बन्न ३२ वर्ष उमेर ननाघेको हुनुपर्ने

    peris dada maoist party office

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्वमा अन्ततः उमेर हद लागू हुने भएको...