News Portal

  • सिडिओ पाण्डेको धन्यवाद र अनुरोधयुक्त शुभकामना संदेश

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ कात्तिक
    १८०० पटक
    भक्तपुर, ६ कात्तिक

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्लाबासीहरुलाई धन्यवाद र अनुरोधयुक्त शुभकामना व्यक्त गरेकी छन् । दशैं,तिहार,नेपाल संवत र छठ लगायत पर्वहरुको शुभकामना दिने क्रममा उनले बिभिन्न समयमा जारी निषेधाज्ञा र सूचना पालना गरेकामा धन्यवाद भन्दै सुरक्षित भएर पर्व मनाउन अनुरोध गरेकी हुन् ।

    प्रजिअ पाण्डेले जिल्लामा कोरोना भाइरसको संक्रमणबाट ४५२७ जना संक्रमित भएका र अझै पनि २०९७ जना आइसोलेसनमा रहेका जानकारी गराउदै सतर्क र सुरक्षित भएर पर्व मनाउन अनुरोध गरेकी छन् ।नेपालीहरुको महान पर्वहरुमा मानिसहरुको आवतजावत बढ्दा संक्रमण पनि बढ्नसक्ने तर्फ सचेत गराउदै उनले यस वर्ष भेटघाटलाई महत्व दिन नहुनेमा जोड दिएकी छन् । ”जो जहाँ छौं, त्यहिँ बसेर पर्व मनाऔं ।” उनले भनेकी छन् ।

    प्रजिअ पाण्डेले अनावश्यक घर बाहिर ननिस्कन अपिल गर्दै निस्कनैपर्ने भएमा सरकारले निर्देश गरेको स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्नु र गराउनु पर्ने आवश्यकता औल्याएकी छन् । कोभिड १९ नियन्त्रण सरकार र प्रशासनकाे एकल प्रयासले मात्र नहुने भन्दै उनले यसको नियन्त्रण सबै नागरिकको समेत साझा दायित्व भएको भन्दै बढ्दोक्रममा रहेको यस रोगबिरुद्ध अझ बढी सचेत भएर सामुहिक लडाई लड्नुपर्ने दायित्व बोध गराएकी छन् ।

    प्रजिअ पाण्डेले आफू र आफ्नो कार्यालयको तर्फबाट आम जिल्लाबासीलाई सुख,शान्ति, सम्वृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरेकी छन् ।

    हेर्नुस शुभकामना संदेश

    प्रतिकृया दिनुहोस्

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...

    पुरा भयो एसईई परीक्षाको तयारी

    २०७९ मा हुने एसईई परीक्षाको तयारी पुरा भएको छ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा...

    आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

    मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

    सूर्यविनायक साँगा सडक खण्डको निर्माण कार्य शुरु

    सूर्यविनायक धुलिखेल सडक आयोजना अन्तर्गत सूर्यविनायक साँगा सडक खण्डको सडक निर्माण कार्य शुरु भएको छ...

    वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइदै

    आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।...