News Portal

  • वीरदल गणका गणपती पौडेलकाे बिदाई, गणपती दाहाल र अनुसन्धानका पाण्डेलाई स्वागत

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ कात्तिक
    १०८१ पटक
    भक्तपुर, ६ कात्तिक

    नेपाली सेनाको सूर्यविनायकस्थित वीरदल गणका गणपती रहेका प्रमुख सेनानी शिवप्रसाद पौडेललाई बिदाई गरिएको छ । भद्रकालीस्थित जंगी अड्डामा सरुवा भएका प्रमुख सेनानी पौडेललाई प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बिहीबार बिदाई गरेकी हुन् ।

    प्रजिअ पाण्डेले कोभिड रोकथाम र नियन्त्रणको लागि प्रमुख सेनानी पौडेलले गरेको प्रयास र पुर्याएको योगदानको प्रशंसा गर्दै पौडेलले आफ्नो कामबाट आफू सक्षम कमान्डर भएको पुष्टि गरेका बताइन् । प्रमुख सेनानी पौडेल यस वर्ष राष्ट्रपतिद्वारा प्रदान गरिने सुप्रवल जनसेवा श्री चतुर्थका लागि घाेषणा भएकोमा खुशी व्यक्त गर्दै प्रजिअ पाण्डेले पौडेलले नयाँ जिम्मेवारी पनि कुशलतापूर्वक सम्पादन गर्ने विश्वास व्यक्त गरिन् । उनले पौडेललाई भक्तपुरमा पुर्याएकाे याेगदानका लागि कदरपत्र पनि प्रदान गरेकी छन् ।

    बिदाई कार्यक्रममा प्रमुख सेनानी पौडेलले प्रजिअ पाण्डेको नेतृत्वमा भक्तपुरमा काम गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । उक्त अवसरमा पौडेलको ठाउँमा सरुवा भई आएका प्रमुख सेनानी राजन दाहाललाई स्वागत समेत गरिएको थियो । दाहाललाई स्वागत गर्दै प्रजिअ पाण्डेले उनको कार्यकाल थप जनपक्षीय र स्मरणीय हुने अपेक्षा गर्दै सफल कार्यकालको शुभकामना दिइन् ।  त्यसैगरी प्रमुख सेनानीको बिदाई र स्वागत कार्यक्रमकै अवसर पारेर राष्ट्रिय अनुसन्धान विभागका भक्तपुर प्रमुख भएर आएका उप अनुसन्धान निर्देशक विकाश पाण्डेलाई पनि स्वागत गरिएको थियो ।

    जिल्ला प्रशासन कार्यालयमा सम्पन्न बिदाई एवं स्वागत कार्यक्रममा महानगरीय प्रहरी परिसरकी एसपी तारादेवी थापा, सशस्त्र प्रहरीका एसपी उद्धवबहादुर न्यौपाने लगायत सहभागी भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...