News Portal

  • सूर्यविनायककाे आईल्याण्डमा ठक्कर खाएका युवककाे निधन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ कात्तिक
    २३९८ पटक
    भक्तपुर, ७ कात्तिक

    सूर्यविनायक ५ घलातेमा बिहीवार राती पौने ८ बजे सडक दुर्घटनामा परि घाइते भएका मोटरसाइकल चालकको ज्यान गएको छ । जगातीबाट सल्लाघारी तर्फ आउदै गर्दा उनले चलाएको मोटरसाइकल आफैं अनियन्त्रित भै दुर्घटना भएको थियो ।

    बा ६५ प ८८२९ नं को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको बिचमा रहेको ट्राफिक आईल्याण्डमा ठक्कर खाई दुर्घटना हुँदा चालक रौतहट बिजयपुर ८ लक्ष्मिनिया बस्ने ३० वर्षीय शंकर प्रसाद कलवारले ज्यान गुमाएका डिएसपी दिपक गिरीले जनाएका छन् ।

    डिएसपी गिरीका अनुसार गम्भिर घाइते भई उपचारको लागि डा.ईवामुरा अस्पताल सल्लाघारी पुर्याइएका कलवारलाइ राति नै अन्नपुर्ण न्युरो अस्पताल काठमाण्डौ रिफर गरिएको थियो । अस्पतालले शुक्रवार साँझ उनलाई मृत घोषित गरिदिएको बताइएको छ । घटनाको थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...