News Portal

  • ३ वर्षमा ९० वन्यजन्तु राजमार्ग दुर्घटनामा मरे

    १३४० पटक

    बर्दिया,  ९ कार्तिक । ३ वर्षको अवधीमा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गमा सवारीसाधनको ठक्करबाट ९० वटा वन्यजन्तु मरेको पाइएको छ । जसमा गत आर्थिक वर्ष २०७६/०७७ मा सबै भन्दा बढी वन्यजन्तु राजमार्ग दुर्घटनामा परि मरेका छन् । निकुञ्जको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा ३५ वटा वन्यजन्तु राजमार्ग दुर्घटनामा परेर मरेका छन् ।

    यसैगरि आर्थिक वर्ष २०७५/०७६ मा २६ वटा र ०७४/०७५ मा २९ वटा वन्यजन्तु राजमार्ग दुर्घटनामा परि मरेका छन् । मर्ने मध्ये सबैभन्दा बढी मृग प्रजाती रहेको निकुञ्जले जनाएको छ । यसपछि मर्ने वन्यजन्तुमा अधिकाशं बँदेल र बादर रहेको पाइएको छ । ३ वर्षको अवधीमा राजमार्गमा सवारीसाधनको ठक्करबाट एउटा वयस्क पाटेबाघ पनि मरेको छ ।

    निकुञ्ज क्षेत्रमा सिँचाईका लागि बनाइएको संरचनामा परेर पनि अधिकाशं वन्यजन्तु मर्ने गरेका छन् । सिँचाईका लागि निमार्ण गरिएको नहरमा खसेर वन्यजन्तु मरेका छन् । गत आर्थिक वर्ष २०७६/०७७ मा सबैभन्दा बढी २१ वटा वन्यजन्तु नहरमा खसेर मरेको निकुञ्जको तथ्याङ्क छ । यसैगरि २०७५/०७६मा १७ वटा र २०७४/०७५ मा ४ गरि ३ वर्षको अवधीमा ४२ वटा वन्यजन्तु सिँचाईको नहरमा खसेर मरेका छन् ।

    ३ वर्षको अवधीमा चोरीसिकारका कारण ९ वटा वन्यजन्तु मरेका छन् । जसमा गत आर्थिक वर्ष २०७६/०७७ मा ३ वटा र ०७५/०७६ मा ६ वटा वन्यजन्तु चोरीसिकारका कारण मारिएको निकुञ्ज स्रोतले जनाएको छ । प्राकृतिक कारणले ३ वर्षको अवधीमा ५३ वटा वन्यजन्तु मरेको निकुञ्जको तथ्याङ्क छ ।

    यसैगरि ३ वर्षको अवधीमा राजमार्ग दुर्घटना र नहरमा खसेर घाइते भएका १५७ वन्यजन्तुलाई निकुञ्जले उद्धार गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा दुर्घटनामा परेर घाइते भएका सबैभन्दा बढी ७७ वटा वन्यजन्तुलाई निकुञ्जले उद्धार गरेको छ । भने २०७५/०७६ मा ६२ वटा र २०७४/०७५ मा १८ वटा वन्यजन्तुलाई उद्धार गरिएको निकुञ्जले जनाएको छ । उद्धार गरिएका मध्ये मृग प्रजातीका वन्यजन्तु नै धेरै छन् । ३ वर्षको तथ्याङ्क हेर्दा राजमार्ग दुर्घटना र नहरमा खसेर वन्यजन्तु मर्ने क्रम बढ्दो देखिएको छ ।

    निकुञ्ज क्षेत्रमा निमार्ण गरिएका पूर्वाधारका संरचना वन्यजन्तु मैत्री नहुनु नै वन्यजन्तु दुर्घटनामा परेर मर्ने प्रमुख कारण भएको निकुञ्जको भनाई छ । निकुञ्ज क्षेत्रमा रहेको राजमार्ग वन्यजन्तु मैत्री छैन । सडक पार गर्ने क्रममा नै वन्यजन्तु सवारीसाधनको चपेटामा परेर दुर्घटनामा पर्ने गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापा बताउँछन् । निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा सवारीसाधन अत्याधिक गतीले चलाउनाले पनि वन्यजन्तु दुर्घटनामा पर्ने गरेको निकुञ्जले जनाएको छ । वन्यजन्तुलाई राजमार्ग क्रस गर्नका लागि अण्डर ब्रिज वा ओभर ब्रिजको आवश्यक्ता पर्छ । तर निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा कतै पनि अण्डर ब्रिज वा ओभर ब्रिज बनाइएको छैन । निकुञ्ज क्षेत्रमा बनाइएका नहरमा तारजाली नलगाएका कारण वन्यजन्तु नहरमा खसेर मर्ने गरेको निकुञ्जले जनाएको छ ।

    बाँकेका चिसापानीदेखि हर्रेसम्मको रत्नराजमार्ग निकुञ्ज क्षेत्रमा पर्छ । यसैगरि बर्दियाको रम्मापुरदेखि सैनवार र अम्रेनीदेखि कर्णाली चिसापानीसम्म राजमार्ग निकुञ्ज क्षेत्रमा पर्छ । वन्यजन्तुको सडक दुर्घटना न्यूनिकरण गर्नका लागि विभिन्न प्रयासहरु गरिएको निकुञ्जको भनाई छ । निकुञ् वभिन्न स्थानमा सचेतनामूलक होडिङ्ग र्बोड राखिएको छ ।सवारीसाधनको गति नियन्त्रण गर्नका लागि निकुञ्ज क्षेत्रमा सवारी टाइम कार्ड लागू गरिएको निकुञ्जले जनाएको छ । यसको निगरानी नेपाली सेनाले गर्छ । टाइम कार्डमा निकुञ्ज क्षेत्रमा प्रतिघण्टा ४० किलोमिटरका दरले सवारी चलाउनु पर्ने नियम छ । यो नियम कसैले उलंघन गरेमा जरिवाना तिर्नु पर्ने हुन्छ । तैपनि निकुञ्ज क्षेत्रमा वन्यजन्तु दुर्घटनामा पर्ने क्रम नरोकिएको संरक्षणकर्मी बताउँछन् ।

    निकुञ्जका सहकायक संरक्षण अधिकृत अशिम थापा भन्छन्, ‘वन्यजन्तु मैत्री सडक संरचाना नहुँनु र सवारी चालकले निकुञ्ज क्षेत्रमा सावधानी नअपनाउँनु नै वन्यजन्तु सडक दुर्घटना पर्ने मुख्य कारण हो । ’उनी भन्छन्, ‘वन्यजन्तुको महत्व बुझाउनका लागि विभिन्न स्थानमा सचेतनामूलक बोर्ड राखिएको छ । वन्यजन्तु ओहोरदोहर गर्ने संवेदनशिल क्षेत्र संकेत गरिएको छ । गति नियन्त्रणका लागि टाइम कार्ड लागू गरिएको छ । तै पनी चालकले सावधानी नअपउँदा दुर्घटना हुने गरेको हो ।’

    पछिल्लो समय निकुञ्ज क्षेत्रमा सवारीको गती जाँच गर्नका लागि स्पिड गन पनि प्रयोग गरेको सहायक संरक्षण अधिकृत थापाले जानकारी दिए । पहिलो चरणमा स्पिड गन अम्रेनी कर्णाली चिसापानी क्षेत्रमा प्रयोग गरेको उनले बताए । आगामी दिनमा अन्य क्षेत्रमा पनि स्पिड गन प्रयोगमा ल्याउने निकुञ्जले तयारी गरेको सहायक संरक्षण अधिकृत थापाले जानकारी दिए । राजधानी दैनिक

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...