News Portal

  • तराईको सौर्य बिजुली राष्ट्रिय प्रसारण लाइनमा

    ७७४ पटक

    भैरहवा, १३ कार्तिक । मुलुकमा निर्माण भएका प्रायः सबै विद्युत् आयोजना पहाडी क्षेत्रमा निर्माण भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । पहाडी क्षेत्रमा निर्मित आयोजनाले तराई क्षेत्रको विद्युत्को अधिकांश माग धानेको छ । मुलुकमा विद्युत् उत्पादन सुरु भएको लामो समयपछि तराइबाट उत्पादित बिजुली पहिलोपटक राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

    निजी क्षेत्रबाट सञ्चालित ८।५ मेगावाटको मुलुककै पहिलो ग्रिड कनेक्टेड सोलार पावर आयोजना पूरा भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । सौर्य ऊर्जाबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको यो आयोजना निजी क्षेत्रको पहिलो ठूलो आयोजना रहेको बताइएको छ ।

    ७० करोड रुपियाँको लगानीमा रिडी हाइड्रोपावर कम्पनीले रूपन्देहीमा निर्माण गरेको यो आयोजना भैरहवा नजिकै अमुवा सबस्टेसनमा जोडिएको छ । जलविद्युत्मा लगानी गरेको कम्पनीले पहिलोपटक सौर्य ऊर्जामा लगानी गरेको हो । आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी छ । आयोजनामा बैङ्क अफ काठमाडौँको अगुवाइमा सिटिजन्स र नेपाल बङ्गलादेश बैङ्कले ४९ करोड लगानी गरेका छन् ।

    गत मङ्सिरमा सुरु गरिएको आयोजना वैशााखमा सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको थियो तर बन्दाबन्दीका कारण आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनमा भएको समस्याले पाँच महिना ढिलो गरी सम्पन्न भएको कम्पनीका कार्यकारी निर्देशक कुवेरमणि नेपालले बताउनुभयो ।

    आयोजनाअन्तर्गत ३३० वाट क्षमताका ३२ हजार सोलार पाता जडान गरिएका छन् । सोलार पाताबाट उत्पादन हुने डीसी ऊर्जालाई एसीमा कन्भर्ट गर्न ८५० किलोवाट क्षमताका १० वटा इन्भर्टर जडान गरिएको छ । इन्भर्टरबाट आएको विद्युत्लाई ८।५ एमबीएको ट्रान्सफर्मरले ३३ केभीमा कन्भर्ट गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका प्रबन्धक यतु रावतले बताउनुभयो ।

    अमुवा सबस्टेसनमा लैजानका लागि आयोजानाले आठ किलोमिटर ३३ केभीए प्रसारण लाइन विस्तारको काम गरेको थियो । यो प्लान्टले दैनिक करिब नौ घण्टा विद्युत् उत्पादन गर्नेछ । ब्याट्री नराखिएकाले घाम लागेको बेलामा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । उत्पादित बिजुली प्राधिकरणले प्रतियुनिट सात रुपियाँ ३० पैसाका दरले खरिद गर्नेगरी २५ वर्षका लागि खरिद सम्झौता ९पीपीए० गरिएको आयोजनाका कार्यकारी निर्देशक नेपालले बताउनुभयो । वार्षिक एक करोड ४५ लाख युनिट विद्युत् आपूर्तिको ग्यारेन्टीसहित प्राधिकरणसँग सम्झौता गरिएको हो ।

    ग्रिड कनेक्टेड सोलार आयोजनाले तिलोत्तमा नगरपालिका–६, मणिग्रामको शान्ति नमुना माविको २६ बिघा जमिन ३० वर्षका लागि लिजमा लिएको छ । जुन जमिनको भरपुर उपयोग गर्न एग्रिभोल्टाइक्स अर्थात् ऊर्जासँगै कृषि परियोजनाको अवधारणालाई अगाडि बढाइएको छ ।

    कृषिको व्यवसायीकरणमा योगदान गर्ने उद्देश्यले एग्रिभोल्टाइज परियोजनालाई अगाडि बढाइएको कार्यकारी निर्देशक नेपालले बताउनुभयो । जसअन्तर्गत सोलार प्यानलबीचको खाली स्थानमा अहिले साढे दुई टन बेसारको बीउ रोपिएको छ । अर्को वर्ष २५ टन बेसार लगाइने छ । जसबाट २५० टन बेसार उत्पादन गर्ने लक्ष्य आयोजनाको छ । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...