News Portal

  • हिमालपारिको बस्ती पहिलोपटक पुग्यो सबै खालका खोप

    ६०० पटक

    काठमाडौं, १४ कार्तिक । हिमालपारिको बस्ती लिमीका तीनवटै गाउँका बालबालिकाले पहिलो पटक सबै खालका खोप लगाउन पाएका छन् ।

    यसअघि स्वास्थ्यकर्मी वर्षको एक पटक मात्र उपस्थिति हुँदा जनशक्ति अभावमा सबै खालका खोप नियमित लगाउन पाएका थिएनन् । सबै प्रकारका खोप लगाउन नपाएका बालबालिकाले चाहिने खोप लगाउन थालेपछि अभिभावक पनि खुसी हुन थालेका छन् । गाउँमा स्थायी रूपमा स्वास्थ्यकर्मी बस्न थालेपछि खोप लगाउने कार्य सम्भव भएको हो ।

    एक बालककी आमा छिरिङ छोवो तामाङले आफ्नो छोराले पहिलो पटक गत असारमा खोप लगाउन पाएको बताइन् । खोपसम्बन्धी कुनै जानकारी नपाएकी उहाँले सुरुमा स्वास्थ्यकर्मीलाई खोप लगाउन आउँदा दिन मानेकी थिइनन् । पछि सबै कुरा बुझाएपछि उनी आफ्नो छोरालाई खोप लगाउन सहमत भइन्।

    नेपाली राम्रोसँग नबुझ्ने तामाङले खटाएका स्वास्थ्यकर्मी स्वास्थ्य चौकीमा नबसेकै कारण छोराको खोप छुटेको बताइन् ।

    असारयता खोप लगाउन पाएका बालबालिका लिमीमा पहिलो खोप पाउने बालबालिका हुन् ।

    लिमी स्वास्थ्य चौकीमा ११ महिनाकी छोरीलाई लिएर नियमित खोप लगाउन पुगेकी लिमी हल्जी गाउँकी जाङ्मु तामाङले राज्यबाट निःशुल्क रूपमा आउने सेवासुविधा पहिलो पटक उपभोग गर्न पाएको बताइन् ।

    यसअघि उनका तीन छोरा खोप नलगाईकन हुर्के । त्यति बेला उहाँलाई नियमित खोपका बारेमा जानकारी रहेनछ । थाहा भएपछि भने यसलाई नियमित गर्नेतर्फ आफूहरूको सहयोग रहने उनले बताइन् । गाउँका बालबालिकाले खोप लगाउन पाएपछि सिंहदबार गाउँ पुगेको विश्वास हुन थालेको तामाङले बताइन् ।

    हल्जी गाउँमा १९ जना बालबालिका खोप लगाउने उमेरका छन् ।

    स्वास्थ्य चौकी इन्चार्ज गोर्ख भण्डारीले आफूले नियुक्ति पाएलगत्तै लिमीका गाउँमा आएर नियमित सेवा प्रवाहमा लागेको बताए । लिमीका अन्य दुई गाउँ तिल र जाङमा भने नियमित खोप कार्यक्रमका बेला चार घण्टा पैदल हिँडेर घरघरमा खोप लगाइदिन जाने गरेको उनले बताए ।

    तिलमा खोप लगाउने दुई बालबालिका र जाङ गाउँमा सात जना बालबालिका छन् । गाउँमा बालबालिका जति भए पनि खोप पाउनु बालबालिकाको अधिकार र खोप लगाउनु स्वास्थ्यकर्मीको दायित्व रहेको इन्चार्ज भण्डारीले बताए ।

    उनीसहित चार स्वास्थ्यकर्मीको व्यवस्था गाउँपालिकाले गरेर लिमीमै नियमित बस्ने व्यवस्था गरेको छ । यसअघि बालबालिकाको खोपको त के कुरास अन्य सिकिस्त बिरामी हुँदा पनि लामा बसाल्ने, चीनको ताक्लाकोट वा सदरमुकाम सिमकोटबाट परीक्षणबिनै दुखाइका आधारमा औषधि झिकाएर उपचार गर्नु सामान्यजस्तै थियो ।

    नाम्खा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नरबहादुर भण्डारीले लिमीमा खोप कार्यक्रम पहिलो पटक नियमित भएको स्वीकार गरे। अब यसलाई निरन्तरता दिन स्वास्थ्य शाखाले प्रयत्न गरिरहेको उहाँको भनाइ छ । लिमी बस्ने स्वास्थ्यकर्मीका लागि थप सुविधाको व्यवस्था गरेर बाह्रै महिना लिमी बस्ने व्यवस्था गर्नेतर्फ पहल भइरहेको उनले बताए । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    खसीबोका चोरेर मासु बेच्ने गिरोह भक्तपुरमा समातियो

    भक्तपुरका विभिन्न ठाउँबाट घरको गोठमा बाँधिएका खसीबोका चोरीएको गुनासोले गर्दा सक्रिय प्रहरीले चोरीमा संलग्न दुई...

    प्रधानमन्त्री प्रचण्ड शनिवार सूर्यविनायक आउने

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भक्तपुर आउने भएका छन् । शनिवार दिउँसो उनी भक्तपुरको सूर्यविनायक आउने...

    गृहमा रविले नसकेको रेकर्ड राख्न श्रेष्ठ सफल : पहिलो निर्णयले नै जोगियो देशको दैनिक पाँच लाख

    गृह मन्त्रालय सम्हाल्न पुगेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सुराकीको नाममा गृहमन्त्री र गृहसचिवले खर्च गर्न पाउने...

    अरनिको हाइवेस्थित पलासेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको निधन

    भक्तपुरको अरनिको हाइवेस्थित सूर्यविनायक ९ पलासेचोकमा सवारी दुर्घटना हुँदा एक मोटरसाइकल चालकको ज्यान गएको छ...

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...