News Portal

  • भक्तपुर औद्योगिक क्षेत्रभित्रको नेपो इण्डष्ट्रिज बन्द गर्नुपर्ने मागपछि अनुगमन

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, १४ कात्तिक
    १३७५ पटक
    भक्तपुर, १४ कात्तिक

    भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेको टेक्सटायल उद्योग नेपो इण्डष्ट्रिज प्रा.लि.मा अनुगमन गरिएको छ । सोही क्षेत्रका सांसद प्रेम सुवालको पहलमा नेपोको प्रदुषणबारे अनुगमन गरिएको हो ।

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव समेत रहेका संघीय सांसद प्रेम सुवालको पहलमा स्थानीय सरकारसहितको टोलीले ध्वनी र धुँवा प्रदूषणबारे अनुगमन शुक्रबार सम्पन्न गरेको छ । उक्त टोलीमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी लगायत सहभागी रहेका थिए । त्यसैगरी औद्योगिक क्षेत्र व्यवस्थापन लि. केन्द्रीय कार्यालयका प्रतिनिधिहरु समेत उक्त टोलीमा सहभागी रहेका थिए ।

    वडा नं. २ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित नेपो इण्डष्ट्रिज प्रा.लि.को प्रदुषण बारे ब्यापक जनगुनासो आएपछि उक्त प्रालि अन्तर्गत सञ्चालनमा रहेका विभिन्न उद्योगहरुबाट भएको ध्वनी र धुँवा प्रदूषणबारे अनुगमन भएको नगरप्रमुख सुनिल प्रजापतिले बताए ।

    ”उद्योगहरुले फालेको ध्वनी र धुँवा प्रदूषणले स्थानीय जनस्वास्थ्यमा प्रतिकूल असर पु¥याइरहेकोबारे व्यापक जनगुनासो देखिएपछि अनुगमन भएको हो ।” नगरप्रमुख प्रजापतिले प्रष्ट पारे । जनताको गुनासो सम्बोधन गर्नु नगरपालिकाको कर्तब्य भएको भन्दै उनले अस्तव्यस्त पाराले उद्योग संचालन अस्वीकार्य हुने बताए । स्थानीय जनताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य स्वीकार्य नहुने भन्दै उनले उद्योग संचालनमा अप्ठ्यारो पार्ने आफूहरुको उदेश्य नरहेको तर स्थानीय जनतालाई पनि अप्ठ्यारो हुने काम उद्योगले गर्नु नहुने तर्क गरे ।

    उक्त अवसरमा स्थानीय जनताकाे तर्फबाट औद्योगिक क्षेत्र व्यवस्थापन लि. मुख्य कार्यालय काठमाडौंबाट आएका प्रतिनिधि टोलीलाई भक्तपुर औद्योगिक क्षेत्रबाट भएको ध्वनि र धुँवा फाल्ने नेपो इण्डष्ट्रिज उद्योगबारे संयुक्त निवेदन हस्तान्तरण गरिएकाे थियाे ।

    निवेदनमा के छ ?

    निवेदनमा भक्तपुर नपाको इँताछेँ, खौमा, ब्यासी, भक्तपुर नगरपालिका कार्यालय, वरपरका जनतासमेत घरमा बस्न नहुने गरी सञ्चालित उद्योगहरुले ध्वनी र धुँवा प्रदूषण फाल्ने नेपो इन्डस्ट्रिज स्वचालित टेक्सटाइल मेसिन अगाडितर्फ २८ थान र पछाडितर्फ १४ थान गरी ४२ थान र डाइङ मेसिन गैरकानुनी ढंगले सञ्चालन गरिरहेको दावी गर्दै नेपाल सरकारको सम्बन्धित निकायबाट प्रमाणित नभएसम्म नेपो इन्डष्ट्रिज बन्द गर्नुपर्ने उल्लेख छ ।

    औद्योगिक क्षेत्र व्यवस्थापन लि.ले नेपाल सरकारको आ.व. २०७३÷७४ को बजेट वक्तव्यको प्रतिबद्धताअनुसार भक्तपुर औद्योगिक क्षेत्रबाट ध्वनि र धुँवा प्रदूषण फाल्ने नेपो इण्डष्ट्रिजलगायतलाई काठमाडौंउपत्यका बाहिर स्थानान्तरण गर्नुपर्नेमा त्यसो नगरी हालसम्म चुप बसेका अधिकारीहरुसँग स्पष्टीकरण लिनुपर्ने र जग्गा अधिग्रहणको उद्देश्यअनुसार काम नभएको हुँदा सो जग्गा सम्बन्धित जग्गावालालाई नै फिर्ता गर्नुपर्ने माग राखेको छ ।

    औद्योगिक व्यवस्थापन कार्यालयले स्थानीय सरकारबाट अनुमति प्राप्त उद्योगहरुमात्र भक्तपुर औद्योगिक क्षेत्रमा सञ्चालन गर्न अनुमति दिनुपर्ने र अनुमति प्राप्त उद्योगले भक्तपुर नगरपालिकालाई तोकिएबमोजिम कर तिर्नुपर्नेलगायतका बुँदा उक्त निवेदनमा उल्लेख गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा नर्सिङ्ग पढाउछौं : सांसद थापा

    durlab

    प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले मध्यपुर थिमि नगरपालिकाको नेपाल कोरिया मैत्री नगर अस्पताललाई स्वास्थ्य शिक्षासंग...

    मिटरब्याजी पीडितको माग सम्बोधन गर्ने गृह मन्त्रालयको आश्वासन

    मिटरब्याजी पीडितका समस्या समाधान गर्ने आश्वासन गृह मन्त्रालयले दिएको छ । मिटरब्याजी पीडितलाई भेट्न टंगाल...

    नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः सभामुख घिमिरे

    प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन्...

    गोपाल नारायणको नेतृत्वमा नेराकस(निजामती)को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन गरिएको छ । निवर्तमान अध्यक्ष...

    मंगलवार बेलुकी गठबन्धनको बैठक बस्ने, मन्त्रिपरिषद् विस्तार गर्न छलफल गरिने

    मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न मंगलबार अपरान्ह...