News Portal

  • कक्षा १२ को परिक्षा सञ्चालनबारे यस्तो छ मापदण्ड र तयारी

    १०४७ पटक

    काठमाडौं, १५ कार्तिक । चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । सङ्क्रमण कायमै रहेको अवस्थामा परीक्षा सञ्चालन हुने भएकोले परीक्षालाई सङ्क्रमणको हिसाबले पनि सुरक्षित बनाउनुपर्ने आवश्यकता औँल्याइएको हो ।

    कोरोना भाइरस सङ्क्रमणका कारण गत वैशाखमा हुने गरी तय भएको परीक्षा कार्यतालिका सरकारले स्थगन गरेको थियो । स्थगित उक्त परीक्षा आगामी मङ्सिर ९ गतेबाट सञ्चालन गरिने कार्यतालिका सार्वजनिक गरिएको छ ।

    भौतिक दूरी जरुरी
    नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी यस पटकको परीक्षामा मर्यादा कायम गराउनुका साथै स्वास्थ्यका दृष्टिकोणले पनि सुरक्षित हुनुपर्ने बताउन्छन् । परीक्षा केन्द्रमा स्वास्थ्यका सबै पूर्वाधार पूरा गरेको हुनुपर्ने उनको भनाइ छ ।

    परीक्षा केन्द्रमा विद्यार्थीलाई भौतिक दूरी कायम गरेर मात्र परीक्षा लिनुपर्ने माग गरिएको छ । मास्कको अनिवार्य प्रयोग गर्न लगाउनुपर्ने, घरबाटै सेनिटाइजरको व्यवस्था गर्नुपर्ने र सेन्टरमा समेत त्यसको प्रबन्ध हुनुपर्ने माग अभिभावकहरूले गरेका छन् । विद्यार्थीलाई राम्रो हावा खेल्ने वातावरण अनुकूल भएको कक्षा कोठामा परीक्षा लिनुपर्ने सुझाव अभिभावकहरूको छ । सङ्क्रमण सर्ने सम्भावना कम हुने भएकोले विद्यार्थीलाई सोही अनुसारको कक्षा कोठाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ । यसका लागि अभिभावकले पनि विद्यार्थीलाई परामर्श दिनुपर्ने अध्यक्ष भण्डारीको भनाई छ ।

    एक बेञ्च, एक विद्यार्थी
    राजधानीको पद्मोदय माध्यमिक विद्यालयले एक जना विद्यार्थीलाई एक बेञ्चमा राख्ने गरी कक्षा १२ को परीक्षा लिने आन्तरिक तयारी गरेको छ । विद्यालयका सहायक प्रधानाध्यापक नारायण गौतम विद्यार्थीका बीचमा भौतिक दूरी कायम गराउन एक जना परीक्षार्थीलाई एउटा बेञ्चमा राख्ने गरी परीक्षा लिइने जानकारी दिए ।

    विद्यार्थीलाई विद्यालयमै स्वास्थ्य सामग्री उपलब्ध गराउने र स्वास्थ्यका मापदण्डलाई पालना गर्दै परीक्षा लिइने जनाइएको छ । विद्यार्थीका साथै परीक्षामा परिचालन भएका शिक्षक जोखिममा पर्न सक्ने भएकोले त्यसमा समेत विचार पु¥याउनुपर्ने अवस्था रहेको जनाइएको छ ।

    यस्तो छ बोर्डको तयारी
    राष्ट्रिय परीक्षा बोर्र्डले कक्षा १२ को परीक्षालाई विगतको भन्दा भिन्न तरिकाले सञ्चालन गर्न खोजेको छ । यस पटक विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र्र र होम सेन्टर दिइएको छ । यसबाट विद्यार्थीलाई डेरा लिएर बस्नु नपर्ने, धेरै टाढा जानु नपर्ने र परीक्षार्थीका बीचमा धेरै जमघटसमेत हुनु नपर्ने भएकोले परीक्षालाई स्वास्थ्यको हिसाबले पनि सुरक्षित बनाउन सकिने जनाइएको छ । ४० नम्बरको लिखित परीक्षाका लागि यस पटक विद्यार्थीहरू बढीमा डेढ घण्टा मात्रै परीक्षाहलमा रहनेछन् ।

    जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गर्ने गरी प्रत्येक विद्यार्थीको कम्तीमा दुई÷दुई मिटरको दूरी कायम गरी एउटा परीक्षा हलभित्र बढीमा २० परीक्षार्थी रहने व्यवस्था मिलाई, स्थानीय तह, स्वास्थ्य सङ्घ, संस्थासँग आवश्यक समन्वय गरी परीक्षा सञ्चालन गर्ने व्यवस्था बोर्डले मिलाएको छ । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...