News Portal

  • अम्लीय फलफूल निर्यात चीनतिर गर्ने सहमति

    ७२८ पटक

    काठमाडौं, १६ कार्तिक । नेपालमा उत्पादित अम्लीय जातका फलफूल चीन निर्यात गर्न नेपाल र चीन सरकारबीच भएको सहमति कार्यान्वयनको प्रक्रियासमेत शुरू हुन सकेको छैन ।

    गतवर्ष चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणका क्रममा नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीनको कृषि विभाग सुन्तलालगायतका अम्लीय जातका फलफूल निर्यातका लागि सहमति भएको थियो ।

    सहमति अनुसार काम भएको भए गतवर्षको सिजनदेखि नै नेपालबाट चीनको तिब्बतस्थित जिजान क्षेत्रमा सुन्तला जातका फलफूल निर्यात शुरू भइसक्नुपथ्र्यो । तर, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म उक्त सम्झौता कार्यान्वयन हुन सकेको छैन ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा। हरिबहादुर केसीका अनुसार मन्त्रालयले उक्त सम्झौता चाँडै कार्यान्वयनका लागि बजेट छुट्ट्याएर काम अघि बढाएको छ । करीब ३ महीनाअघि नेपाल सरकारले निर्यातका लागि आवश्यक प्रोटोकल तयार गरी चिनियाँ पक्षलाई पठाएको भए पनि हालसम्म उक्त प्रोटोकलबारे चिनियाँ पक्षले कुनै पनि जवाफ नपठाएको उनले बताए ।

    ‘चिनियाँ पक्षको जवाफ कुरिरहेका छौं उताबाट जवाफ आएपछि फिल्डको काम शुरू हुन्छ, तर जवाफ कहिले आउँछ टुङ्गो छैन,’ उनले भने । पहिलो चरणमा सिन्धुली र स्याङ्जाको सुन्तला सुपरजोनलाई आधार बनाएर काम गर्ने योजना रहेको उनले जानकारी दिए ।

    नेपालमा जुनार तथा सुन्तलाजन्य फलफूलको ‘कोल्ड ट्रिटमेन्ट’ गरेर क्वारेन्टाइनले प्रमाणपत्र जारी गरेपछि चीन निर्यात गर्न सकिने सहमतिपत्रमा उल्लेख थियो । चीनको क्वारेन्टाइनले नेपालको जुनार र सुन्तलालाई स्वच्छ नमानेका कारण यस्तो प्रक्रिया अपनाइने बताइएको थियो ।

    नेपालमा आर्थिक वर्ष २०७३र७४ देखि जुनार सुपरजोन लागू भएपछि जुनारखेती गर्ने किसानहरूको संख्या बढेको छ । विशेषगरी यी जातका फलफूलहरू नेपालका पहाडी जिल्लाहरू रामेछाप, सिन्धुली, डोटी, डँडेलधुरा, बैतडी, ओखलढुङ्गा, लमजुङ, धनकुटा, पाल्पालगायत जिल्लामा उत्पादन गर्ने गरिन्छ ।

    राष्ट्रिय सुन्तला जात बाली विकास कार्यक्रमको तथ्यांकअनुसार नेपालमा वार्षिक १ लाख ७७ हजार मेट्रिकटन सुन्तला, ३९ हजार ५ सय ८० मेट्रिकटन कागती र ४३ हजार मेट्रिकटन जुनार उत्पादन हुने गर्छ । नेपालमा करीब ६५ जिल्लामा सुन्तला जातका फलपूmल उत्पादन हुने भए पनि व्यावसायिक रूपमा ४४ जिल्लामा मात्र उत्पादन हुने गरेको छ । आर्थिक अभियान दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...