News Portal

  • भक्तपुरमा सांसद थापा, पत्रकार श्रेष्ठ र ३ प्रहरीसहित ११ जनाद्वारा मात्र ‘प्लाज्मा’ दान

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ कात्तिक
    २०४४ पटक
    भक्तपुर, १६ कात्तिक

    कोरोना भाइरस संक्रमण (कोभिड १९) को उपचारमा प्रभावकारी मानिएको ‘प्लाज्मा’ दान गर्नेक्रम बढिरहेको छ । भक्तपुरमा भने कोभिड १९ माथि बिजय प्राप्त गरेका ११ जनाले मात्र प्लाज्मा दान गरेका छन् ।

    भक्तपुरमा आफ्नो रगतको प्लाज्मा दान गर्नेमा प्रदेश सांसद शशिजंग थापा र पत्रकार लिला श्रेष्ठ लगायत ११ जना पुगेका हुन् । सांसद थापा बागमती प्रदेशका लागि सूर्यविनायक क्षेत्रका निर्वाचित प्रदेश सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता हुन् भने पत्रकार श्रेष्ठ कान्तिपुरकर्मी एवं प्रेस संगठन नेपालकी सदस्य समेत हुन् । उनीहरुले बुधवार नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखामा पुगी आफ्नो प्लाज्मा दान गरेका थिए ।

    नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखामा हालसम्म कोरोना संक्रमण मुक्त भएका ११ जनाले आफ्नो प्लाज्मा दान गरेका सभापति मनोज थापाले बताए । उनका अनुसार संक्रमण मुक्त भएको १४ देखि २८ दिन भित्र मात्र दान गरिएका प्लाज्मा कोरोना भाइरसको उपचारको लागि योग्य हुन्छ । भक्तपुरमा कोरोना संक्रमण मुक्त हुनेको संख्या धेरै भएता पनि पर्याप्त प्लाज्मा प्राप्त हुन नसकेको सभापति थापाको भनाइ छ । आफूलाई पिडा पर्दा आत्तिने तर अरुलाई पर्दा बिर्सिने स्वभावका कारण प्लाज्मा दानमा मानिसहरु उदासिन भएको हुनसक्ने भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा. सुमित्रा गौतम बताउँछिन । भक्तपुर पोस्टसंग कुरा गर्दै डा. गौतमले कोरोना संक्रमण मुक्त भएका मानिसहरुले अरुलाई पनि कोरोना मुक्त गराउन प्लाज्मा दानमा कन्जुस्याई गर्नु नहुने बताइन्।

    नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति मनोज थापा आफूहरुले २ महिनादेखि प्लाज्मा संकलन कार्य शुरु गर्दा समेत पर्याप्त संकलन गर्न नसकिएको स्वीकार गर्दछन् । मानिसहरु आफू कमजोर भएको भन्दै रक्तदानबाट तर्कने हुँदा प्लाज्मा संकलन गर्न नसकिएको उनको भनाइ छ । आफूहरुले दातालाई सम्पर्क गर्ने, घरबाटै ल्याउने र पुर्याउने लगायत सेवा दिँदा पनि संक्रमणमुक्त भएकाहरु प्लाज्मा दानप्रति उत्साहित नभएका उनले खुलासा गरे । सभापति थापाका अनुसार भक्तपुरमा प्लाज्मा दान गर्ने पहिलो व्यक्ति भने एक युवा विद्यार्थी हुन् । बुढाथोकी थर भएका ती विद्यार्थीले स्वस्फूर्त उपस्थित भएर प्लाज्मा दान गरेका तर आफ्नो नाम सार्वजनिक नगर्न अनुरोध गरेका सभापति थापाले जनाएका छन् । त्यसैगरी भक्तपुर प्रहरीका ३ जनाले पनि प्लाज्मा दान गरेका छन् । बिहीवार प्लाज्मा दान गरेकी पत्रकार लिला श्रेष्ठको पहलमा उनीहरुले प्लाज्मा दान गरेका हुन् ।

    प्लाज्मा थेरेपी के हो : प्लाज्मा थेरेपीलाई चिकित्सा विज्ञानको भाषामा ‘प्लाज्माफेरेसिस (plasmapheresis) नामबाट बुझिन्छ । कोरोना संक्रमणको उपचारमा प्लाज्मा थेरेपी विधिबाट गरिने उपचार प्रभावकारी मानिएको छ । यस विधिमा कोरोनालाई जितेर स्वस्थ भएका व्यक्तिको रगतबाट ‘प्लाज्मा’ छुट्टयाई संक्रमित मानिसमा त्यो प्लाज्मा ‘इन्जेक्ट’ गरिन्छ । गम्भीर अवस्थाका बिरामीका लागि यो बिधि अपनाइन्छ ।

    कसरी पाइन्छ प्लाज्मा : प्लाज्मा दान भनेको रक्तदान नै हो । रगतबाट ‘प्लाज्मा’ छुट्याएर राखिन्छ । कोरोना संक्रमण मुक्त भएको १४ देखि २८ दिन भित्र दान गरिएका रगतबाट छुट्याइएका ‘प्लाज्मा’ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरबाट जो कोहीले माग गरेमा उपलब्ध गराउदै आएको सभापति थापा बताउँछन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...