News Portal

  • ट्याङ्की रित्तै, कसरी धुने हात ?

    ४५९ पटक

    तस्वीर सौजन्यः गोरखापत्र दैनिक

    काठमाडौं, १८ कार्तिक । कोरोना महामारीबाट बच्न ठाउँ ठाउँमा हात धुन भनेर पानी ट्याङ्की राखिए, धारा पनि जडान गरिए र तस्बिर पनि खिचिए ।

    अनि खानेपानी मन्त्रालयले विश्व हात धुने दिवस मनाउन अपिल गर्दै एकमहिने अभियानसमेत सुरु ग¥यो । अभियान सकियो तर समस्या भने जस्ताको तस्तै छ ।

    हात धुन राखिएका पानी ट्याङ्कीमा पानी छ कि छैन भनेर न कसैले चासो राख्यो न त अभियानकर्ताले सार्वजनिक क्षेत्रमा राखिएका पानी ट्याङ्कीमा हात धुने प्रयास नै गरे । सायद हात धुन कोही आएको भए आज राजधानीका मुख्य भागमा राखिएका पानी ट्याङ्की रित्तै हुने थिएनन् र बेसिनमा फोहोर जम्मा हुने थिएन ।

    नयाँ सडकस्थित नेपाल वायुसेवा निगमको गेटसँगै बस, माइक्रो रोकिने स्थानमा पाँच हजार लिटरको पानी ट्याङ्की धाराविहीन र उपयोगविहीन अवस्थामा छ । माछापुच्छे« बैङ्क लिमिटेडको सहयोगमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले राखेको सो ट्याङ्की कहिल्यै उपयोगमा नआएको जानकारी छेउमै व्यापार गर्नुहुने दुर्गा खवास दिन्छन् ।

    खवास भन्नुहुन्छ, “महामारीबाट बच्न साबुनपानीले हात धुनु भन्छन् तर ट्याङ्की राखेदेखि नै पानी छैन । तीनवटा धारा, सडकपट्टि ढल निकासमा पानी झर्ने गरी राखेका थिए, ती टुटी पनि छैनन् अहिले, कताको पानी, कताको साबुन । टुटी उखेलिएका धारामा केले हात धुनु र ? उल्टै यत्रो ट्याङ्कीको बिजोग देख्नुपरेको छ ।”

    खुलामञ्च सँगैको अस्थायी बसपार्क, जहाँ हरेक दिन विपन्नलाई दानवीर तथा मनकारीले खानासमेत खुवाउँछन् । खाना खुवाउने ठाउँमै दुई सय लिटरको कालो ट्याङ्की छ । त्यो ट्याङ्की पनि पानीविहीन छ ।

    उपयोगमा नआएर बेसिनमा कागजका प्लेट लगायतका फोहोर भरिएका छन् । त्यसकै विपरीत पेटीमा कुनै संरचनासमेत नबनाई भुइँमा राखिएको त्यति नै क्षमताको पानी जाने ट्याङ्कीको बिर्को खोलेर हेर्दा एक थोपा पानी थिएन ।

    त्यस्तै शान्ति वाटिकाको गेटनिर पनि बस, माइक्रो रोकिने स्थानमै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड महाराजगञ्जले ट्याङ्कीमा कोरोना सङ्क्रमणबाट हात धुन अनुरोध सहितको सूचनासमेत लेखेर राखेको हरियो रङको ट्याङ्की पनि पानीविहीन छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नजिक राखिएको ट्याङ्कीसमेत रित्तो अवस्थामै देखियो ।

    राजधानीको नयाँ सडक, रत्नपार्क क्षेत्रमा बसपार्क, ठूला सपिङ मल, होलसेल बजार महाबौद्ध, अस्पताल, असन बजार लगायतका कारण प्रतिदिन लाखौँ मानिसको आवागमन हुने स्थान हुन् । हरेक दिन सार्वजनिक हुने कोरोना सङ्क्रमितको सङ्ख्या अनुसार यस महामारीबाट उपत्यकामै बसोबास गरिरहेका नागरिक बढी पीडित भएको देखाउँछ । हात धुन बनाइएका ती संरचना सुचारु गराउन ध्यान पुगेको छैन ।

    दरबार हाइस्कुल अगाडि राखिएको ट्याङ्की र वीर अस्पताल प्रवेशद्वारको पारिपट्टि राखिएका ट्याङ्कीमा पानी त छ तर बेसिनको पानी झर्ने पाइपको प्रबन्ध छैन । हात धुन सास्ती हुने अग्लो स्थानमा राखिएका कारण पानी भए पनि उपयोगमा आएको छैन ।

    मानिसको चाप हुने त्यस्ता स्थानमा विभिन्न संस्थाको सहयोगमा संरचना तयार भए पनि त्यसलाई निरन्तर व्यवस्थापन गर्ने संस्था, व्यक्तिको अभावमा थुप्रै स्थानमा राखिएका ट्याङ्कीमा पानी छैन, हात धोएको पानी जाने बेसिनमा विभिन्न कागज, पानीका बोतल लगायत फोहोर छन् । पानी भएको स्थानमा पनि निकासको प्रबन्ध नहुँदा बेसिन फोहोरले टालिएर पानी भरिभराउ छ ।

    अक्टोबर १५ मा विश्व हात धुने दिवस नेपालमा पनि मनाइयो । नेपालले यस दिवसलाई असोज १३ देखि कात्तिक १४ सम्म अभियानकै रूपमा मनाउन खानेपानी मन्त्रालयले अपिल नै ग¥यो तर हात धुने संरचना भने अझैसम्म पानी, साबुन नभएको र निकासविहीन अवस्थामा छन् ।

    काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले त्यस्ता स्टेसनमा पानी राख्न पहिले खबर आउँथ्यो, अहिले छैन भने । उनले हात धुने स्टेसनमा पानी राख्नु विभागको मुख्य जिम्मेवारीभित्र नपरे पनि महामारीबाट राजधानीवासीलाई बचाउन सहयोग पुग्ने भएकाले खबर आए पानी भर्न सहयोग गर्ने बताए ।

    गैरसरकारी संस्था गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले गुथिले वाटर एडको सहयोगमा उपत्यकाका ७० स्थानमा गोडाले थिच्दा पानी र झोल साबुन आउने संरचना निर्माण गरेको जानकारी दिए। हात धुने स्टेसनको दिगो व्यवस्थापन गर्न गुथिले स्थानीयवासीलाई स्वच्छता स्वयंसेवक नियुक्त गरेर व्यवस्थापन गरेको उनले बताए ।

    बौद्ध स्तूपा र वडा नं। ६ कार्यालय अगाडि राखिएको हात धुने स्टेसन भने चलिरहेको छ । पानी, साबुन सकिएको अवस्थामा वडामा पुगेर साबुन राखिदिने, खिया लागेको वा बेसिन टालिएको अवस्थामा सफा गर्ने गरिएको पाइयो । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...

    पुरा भयो एसईई परीक्षाको तयारी

    २०७९ मा हुने एसईई परीक्षाको तयारी पुरा भएको छ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा...

    आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

    मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

    सूर्यविनायक साँगा सडक खण्डको निर्माण कार्य शुरु

    सूर्यविनायक धुलिखेल सडक आयोजना अन्तर्गत सूर्यविनायक साँगा सडक खण्डको सडक निर्माण कार्य शुरु भएको छ...

    वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइदै

    आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।...