News Portal

  • किर्तिपुरका मेयर महर्जनसहितकाे टाेली भक्तपुरमा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ कात्तिक
    १२४९ पटक
    भक्तपुर, १९ कात्तिक

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र किर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनबीच भेटवार्ता भएको छ । उपप्रमुख सरस्वती खड्का र प्रमुख प्रशासकीय अधिकृत सीता परियारसहितको टोली लिएर आएका प्रमुख महर्जनसंग बुधवार भेटवार्ता भएको हो ।

    उक्त अवसरमा दुई नगरबीच साँस्कृतिक आदान प्रदानबारे छलफल भएको भक्तपुर नगरपालिकाले जनाएको छ । त्यसैगरी बिकाश निर्माणका अनुभव र कोभिड १९ का कारण परेको असर र चुनौतीहरुबारे पनि छलफल भएको बताइएको छ । भेटमा भक्तपुर नगर प्रमुख प्रजापतिले भक्तपुरमा आन्तरिक पर्यटन प्रवद्र्धनको लागि सांस्कृतिक केन्द्र निर्माण गर्ने लगायत भक्तपुरको पर्यटन विकासका लागि भइरहेको प्रयासहरुलाई थप प्रभावकारी र व्यवस्थित गर्नेबारे कार्ययोजना सुनाएका थिए भने किर्तिपुरका प्रमुख महर्जनले आफूहरुले भक्तपुरबाट धेरै कुरा सिक्न चाहेको सुनाए ।

    भेटमा किर्तिपुरका नगर प्रमुख महर्जनले भक्तपुरको सम्पदाहरुमा बत्ती व्यवस्था गर्ने प्रविधि किर्तिपुर नपाले पनि सिक्न चाहेको बताएका थिए । त्यसैगरी सम्पदा बस्तीहरुमा मौलिकता जोगाउने ढंगले पुरानै शैलीमा घर पुनःनिर्माण तथा जीर्णोद्धार कार्यमा जोड दिइरहेको बताउनुहुँदै प्रमुख महर्जनले किर्तिपुरको हाते तानको प्रविधि लोप हुने क्रममा रहेको हुँदा सोको संरक्षणमा नगरबासीहरुलाई उत्साहित गर्ने कार्यहरुलाई प्राथमिकता दिइरहेको बताए ।

    भेटपश्चात भक्तपुर नपाका उपप्रमुख रजनी जोशी नेतृत्वको टोलीद्वारा उनीहरुलाई दरवार क्षेत्र लगायत भक्तपुरका विभिन्न सम्पदा क्षेत्रहरुको संध्याकालीन दृष्यहरु स्थलगत अवलोकन गराइएकाे थियाे ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...