News Portal

  • राज्यमन्त्री दुगडद्वारा भक्तपुर औद्योगिक क्षेत्रको अवलोकन : हाेला त उद्याेग स्थानान्तरण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २० कात्तिक
    १०९१ पटक
    भक्तपुर, २० कात्तिक

    नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ती राज्यमन्त्री मोतीलाल दुगडले भक्तपुर औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । बुधवार उनीसहितको टोलीले उक्त क्षेत्रको स्थलगत अवलोकन गरेको हो ।

    भक्तपुर नगरपालिका वडा नं. २ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र अवस्थित उद्योगहरुले ध्वनी र धुँवा प्रदूषण गर्ने गरेको र त्यसले स्थानीय बस्तीमा स्वास्थ्य जोखिम बढाएको भन्दै नगरपालिकाले औद्योगिक क्षेत्र स्थानान्तरणको पत्र नै थमाएपछि राज्यमन्त्री दुगड स्थलगत अवलोकनमा आएका हुन् । सांसद प्रेम सुवाल र नगर प्रमुख सुनिल प्रजापति सहितको एक प्रतिनिधि मण्डलले आइतवार सिंहदरवार पुगी राज्यमन्त्री दुगडलाई स्थिति अवगत गराउदै उद्योग स्थानान्तरणको माग गरेका थिए ।

    उक्त प्रतिनिधि मण्डललाई आश्वस्त पार्दै राज्यमन्त्री दुगडले आफूले भक्तपुर औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्ने तथा समस्या पहिचान र समाधान गर्ने प्रतिवद्धता प्रकट गरेका थिए । आफ्नो प्रतिवद्धता अनुरुप राज्यमन्त्री दुगड स्थलगत अवलोकनमा आएका उनको सचिवालयले जानकारी दिएको छ । अनुगमनमा उद्योग राज्यमन्त्री दुगडसंग सांसद प्रेम सुवाल, भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, प्रजिअ हुमकला पाण्डे, औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रतिनिधि र अगुवा स्थानीयसमेत सहभागी रहेका थिए ।

    राज्यमन्त्रीको अवलोकनको क्रममा स्थानीयले उद्योग स्थानान्तरण हुनुपर्ने भन्दै प्रदर्शन गर्नुका साथै नारावाजी समेत गरेका थिए भने स्थिति बिग्रिन नदिन ब्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

    भक्तपुरको औद्योगिक क्षेत्रमा ३ दर्जन जति उद्योगहरु संचालनमा रहेका छन् । पछिल्लो समय यहाँस्थित एक टेक्सटायल उद्योग ”नेपो इण्डस्ट्रिज प्रालि”संग केही स्थानीयको सम्बन्ध बिग्रिएपछि बिबादले उग्र रुप लिएको देखिन्छ । सांसद सुवाल समेत औद्योगिक क्षेत्रकै स्थानीय बासिन्दा हुन् । ‘नेपो इण्डस्ट्रिज प्रालि’ ले मानव स्वास्थ्यमा हानि हुने गरी ध्वनि र धुवा प्रदूषण फैलाउने गरेको भन्ने विवाद बढ्दैजाँदा सांसद र मेयर सहितको टोली सिंहदरवार सम्म पुगेको र त्यसैको परिणाम स्वरुप राज्यमन्त्री दुगड स्थलगत अवलोकनमा आएको थाहा भएको छ । अवलोकनपछि उनले उद्योग स्थान्तरणको माग सम्बोधन गर्ने नगर्ने बारे कुनै स्पष्ट प्रतिक्रिया प्राप्त हुन सकेन ।यद्यपी उनले उद्योगीहरुलाई समुदायसंग सौहार्द वातारण बनाएर काम गर्न र जनप्रतिनिधि र नगरपालिका संग समन्वय गर्न निर्देशन दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...