News Portal

  • प्रधानमन्त्रीलाई नेमकिपा नेताको कडा चेतावनी : गुट पोस्ने अब जो भएपनि आगोमा झोस्ने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २० कात्तिक
    १७८८ पटक
    भक्तपुर, २० कात्तिक

    सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष भएपनि गुटगत राजनीतिको शिकार भएको आरोप लागिरहेको अवस्थामा उनीप्रति उनका दलका नेता कार्यकर्ता मात्र होइन, अन्य राजनीतिज्ञ एवं राजनीतिप्रति चासो राख्नेहरु समेत असन्तुष्ट देखिएका छन् ।

    यसैबीच, नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का केन्द्रीय सदस्य समेत रहेका बागमती प्रदेशमा निर्वाचित सांसद सुरेन्द्रराज गोसाईले ओली प्रवित्तिमाथि आलोचना गरेका छन् । सांसद गोसाईले देश बर्बाद पारेर गुट पोस्ने अब जो भएपनि आगोमा झोस्ने बेला भएको बिचार सार्वजनिक गरेका हुन् ।

    बिहीवार उनले सामाजिक संजालमार्फत प्रम ओलीलाई गुटगत राजनीति रोक्न चेतावनी समेत दिएका छन् । देशकाे सर्वाेच्च पदमा रहेर पनि गुट्गत राजनीतिमा रमाएका  प्रम ओलीप्रति आक्रोशपूर्ण अभिव्यक्ति दिएका सांसद गोसाइले देशै नरहे तिम्रो गुट कहाँ रहला र? भन्दै प्रम अेालीलाई प्रश्नसमेत गरेका छन् ।

    बहुमत पाएर पनि परिणाम दिन नसकेको आरोप लगाउदै उनले कुरामा नभई काममा ध्यान दिन प्रधानमन्त्रीलाइ सचेत समेत गराए । बहुमत परिवर्तन र परिणाम देखाउनका निम्ति भएको तर पोलपोलमा ‘नयाँ युग’ आउने सपना झुन्ड्याए जस्तो सहज नभएको उनको भनाइ छ ।

    परिणाम दिन नसक्ने प्रधानमन्त्रीले दिनुपर्ने राजिनामा नै भएको जिकिर गर्दै उनले  काम पनि नगर्ने र राजिनामा पनि नगर्ने हो भने घोक्रेठ्याक लगाएर ओलीलाई प्रधानमन्त्री पदबाट पदच्युत गर्नुपर्ने धारणा व्यक्त गरे । सामाजिक संजालमा सांसद गोसाईले लेखेका छन् ” राजिनामा नदिने भए खुरु खुरु काम गर र परिणाम देखाऊ ! केही केही पनि नभए राजिनामा होइन घोक्रोठ्याक गर्ने हो ।” पछिल्लो समय प्रम ओलीकाे आफूले राजिनामा गरे देशै नरहने अथवा आकाशै खस्ने जस्तो अभिव्यक्तिप्रति आक्रोश व्यक्त गर्दै सांसद गोसाईले प्रधानमन्त्रीलाइ गुटको राजनीतिको शिकार देशलाई नबनाउन चेतावनी दिएका देखिन्छ ।

    हेर्नुस उनले अभिव्यक्त गरेका बिचार

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...