News Portal

  • ओली सरकारले देखेन किसानको दु:ख, हजारौं किसानले सिंहदरवार घेर्ने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ कात्तिक
    १२३५ पटक
    भक्तपुर, २३ कात्तिक

    सर्लाहीका उखु किसानहरु बेचेकाे उखुकाे  पाउनुपर्ने रकमको भुक्तानी दुई वर्षदेखि नपाउँदा निरास छन् । आइतवार उनीहरुले भुक्तानी दिलाइदिन माग गर्दै सिंहदरवारमा पत्र पेश गरेका छन् ।

    उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टलाई भेटी उखु किसान संघर्ष समितिले सरकारलाई चेतावनीपूर्ण पत्र हस्तान्तरण गरेको हो । व्यापारीसँग साँठगाँठ गरी किसान मार्ने कार्य भएको भन्दै यस्तो रवैया तत्काल रोक्न र सम्झौताबमोजिम कार्य गर्न पत्रमा सरकार लाई सचेत गराइएको छ । उक्त पत्रमा भुक्तानीको लागि  अल्टिमेटम दिदै संघर्ष समितिले अन्यथा हजारौ किसानहरु काठमाडौं आएर निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ ।

    उखु किसानहरूले पाउनुपर्ने रकमको भुक्तानी माग गर्दै विभिन्न चरणको आन्दोलन गर्दै आएका किसानहरुलाई भुक्तानी दिलाउने बचन यस अघि ओली सरकारले दिएको भएता पनि कार्यान्वयन हुन सकेको छैन। काठमाडौंको माइतीघर मण्डला केन्द्रित आन्दोलनको क्रममा उद्योग मन्त्रालय र ऊखु किसान संघर्ष समितिबीच गत पुष १८ गते नै पाँच बुँदे सम्झौता भएपछि आन्दोलन स्थगित भएको थियो ।

    पाँच बुँदे सम्झौतामा मन्त्रालयले चिनी मिल मालिकको जायजेठा बिक्री गरेर भएपनि किसानहरूको सम्पूर्ण बाँकी बक्यौक्ता रकम चुक्ता गर्ने लिखित रुपमै आश्वासन दिएको थिएको रामविलास महतो बताउछन् । नेपाल सरकारले सम्पूर्ण पीडित किसानहरूको बाँकी रकम उपलब्ध गराउने जिम्मेवारी लिएपछि आफूहरूले आन्दोलन स्थगित गरेको भएपनि सरकारले सम्झौता पछि किसानलाई बिर्सिएको उनले बताए ।

    ”२०७६ साल माघ ७ गते भित्र सम्पूर्ण रकम किसानहरुको खातामा पु¥याउने सरकारको प्रतिबद्धता रहेको थियो। तर पनि नेपाल सरकारले प्रतिबद्धताबमोजिम परिणाममुखी काम गरेन र हामी किसानहरु ठगिएको अनुभूति गर्दैछौं ।” संघर्ष समितिको नेतृत्व गरिरहेका किसान रामस्वार्थ रायले भने ।

    सरकारको निर्देशनबमोजिम आन्दोलन स्थगित गरी आफूहरु जिल्ला फर्किएको तर सरकारले आफूहरुको पिडा बिर्सिएकोले बाध्य भएर स्मरण पत्र पेश गरिएको किसान हरिश्याम रायले बताए । छठ पर्व अघि आफूहरुले पाउनुपर्ने रकमको भुक्तानी नपाएमा मंसिर २७ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा हजारौं किसानहरू भेला भई सिंहदरबार घेर्ने कार्यक्रम तय गरिएको उनले ऐलान गरे ।

    कोरोनाले मर्नु र भोक, ऋणले मर्नु परिणाम एउटै आउने भएकोले किसानहरु निर्णायक आन्दोलन गर्न बाध्य हुने मन्त्री भट्ट लाई प्रेसित पत्रमा समेत चेतावनी दिइएको छ ।

    हेर्नुस् पत्र

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...