News Portal

  • कटुन्जेमै चितुवा ! प्रहरीद्वारा चितुवाको बच्चा भएको आशंकामा उद्धार

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ कात्तिक
    २३७५ पटक
    भक्तपुर, २३ कात्तिक

    महानगरीय प्रहरी प्रभाग, कटुन्जेले उद्धार गरी ल्याएको चितुवाको बच्चा भनिएका जंगली जनावरका बच्चाहरु बन कार्यालयको जिम्मा लगाइएको छ । प्रहरीको रोहबरमा बनका कर्मचारीहरुले जंगली जनावरका उक्त बच्चाहरु सूर्यविनायकस्थित जंगलमा छोडिदिएका छन् ।

    आइतवार बिहान करिब ११ बजेको समयमा प्रहरी सहायक निरीक्षक मनोज सर्राफको नेतृत्वमा रहेको प्रहरी टोलीले जंगली जनावरको बच्चा फेला पारी उद्धार गरेको थियो । कटुन्जे र किवाचोकबीच रहेको घट्टेखोला लिफ्ट खानेपानी आयोजनास्थित क्षेत्रमा चितुवा रहेको सूचनाको आधारमा खोज्दै जाँदा २ वटा बच्चा फेला पारि प्रहरीले बन कार्यालयलाई जिम्मा लगाइदिएको हो ।

    खानेपानीका एक कर्मचारीले प्रहरीलाइ चितुवा देखेको खबर गरेपछि हेर्दैजाँदा प्रहरीले ठूलो पाइप भित्र चितुवाको जस्तै बच्चा फेला पारेकाे र  उद्दार गरेको हो । कटुन्जे प्रभागमा आएर स्थानीय मानिसहरुले ती जनावरको कौतुहलतापूर्वक अवलोकन गरेका थिए । स्थानीय आतंकित बनेपछि जंगली जनावरका ती दुई बच्चालाई प्रहरीले उद्धार गरेको र दिउँसो बनका कर्मचारीलाई हस्तान्तरण गरेको प्रभागले पुष्टि गरेको छ ।

    प्रभाग प्रमुख रहेका प्रहरी नायब निरीक्षक ज्योतिप्रकाश कार्कीका अनुसार उद्धार गरिएका बच्चाहरु चितुवाकै भए नभएको बारेमा यकिन भएको भने छैन । चितुवा वा बनबिरालोको बच्चा भन्नेमा यकिन नभएपनि ती बच्चाहरुलाई बन कार्यालयको जिम्मा लगाइएको र सूर्यविनायकस्थित जंगलमा छाडिएको कार्कीले जनाएका छन् । स्थानीयले भने बस्तीमा चितुवा देखिनु र चितुवाकै जस्तो बच्चा प्रहरीले फेला पार्नु संयोग हुन नसक्ने भन्दै प्राणि उद्यानले बस्तीमा बन्यजन्तुलाई आउँनबाट रोक्न थप सतर्कता अपनाउनुपर्ने आवश्यकता औल्याएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...