News Portal

  • बाइडेनको जितले विश्वमा कस्तो प्रभाव पर्ला ?

    ७०९ पटक

    काठमाडौं, २४ कार्तिक । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जोइ बाइडेनले कार्यभार सम्हालेसँगै विदेशी नीतिमा केही परिवर्तन आउने अनुमान गरिएको छ । यसअघि ट्रम्पको नेतृत्वले विश्वव्यापी अवधारणामाथि नै प्रहार गरिरहेका बेला अमेरिकी नेतृत्वमा नयाँ नेतृत्व आएसँगै विश्वभर बाइडेनमाथि एक खालको आशा देखिएको छ ।

    ट्रम्पको अनुदार नीतिबाट आजीत विश्वले केही नयाँ आशा गरेको छ । विश्वव्यापी नेतृत्व गर्ने क्षमता भएका बाइडेनले विदेशी नीतिको विषयमा केही हेरफेर गर्ने देखिन्छ । कोरोना महामारीका कारण नराम्ररी प्रभावित भएको अमेरिकामा नयाँ नेतृत्व पाएसँगै पुनर्जागरण आएको छ । साथै उनको जितले विश्वमा शान्ति कायम गर्ने भूमिकामा महत्वपूर्ण भूमिका निर्वाह हुने अपेक्षा गरिएको छ ।

    चीनसँगको सम्बन्धको नीति तत्काल परिवर्तन गर्ने अवस्थामा बाइडेन छैनन् । किनकि अमेरिका चीनको पछिल्लो आक्रामक विदेश नीतिले सम्बन्ध तत्काल सुधार गर्ने पक्षमा देखिँदैन । बाइडेन प्रशासन चीनसँगको सम्बन्धको विषयमा विश्वका अन्य देशको अवस्था हेरेर मात्रै एउटा निर्णयमा पुग्नेछ ।

    बाइडेन प्रशासनले मानवअधिकार हननका विषय जोडदारका साथ आवाज उठाउन सक्नेछ । अमेरिकाको साझेदारी मुलुकसँग चीनले देखाएको व्यवहारका कारण पनि तत्काल सम्बन्ध सुधार गर्ने पक्षमा देखिँदैन । अमेरिका पुनः पेरिस सम्झौता र अन्य थुप्रै अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा फर्कन सक्नेछ । बाइडेन प्रशासनको नीतिमा अमेरिकी सेना र गुप्तचर संयन्त्रको आधारमा धारणा बन्न सक्नेछ ।

    बाइडेनले राष्ट्रपति चुनावमा आफ्नो प्रमुख एजेन्डामध्ये जलवायु परिवर्तनको मुद्दा उठाएका थिए । अमेरिकाको ४४औं राष्ट्रपति बाराक ओबामा हुँदादेखि नै उनको ध्यान विश्वमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने विषयमा रहेको थियो । जलवायु परिवर्तनसम्बन्धी मुद्दाबाट ट्रम्प प्रशासनले बाहिरिने निर्णय गरेसँगै गत बुधबार मात्रै अमेरिका फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्झौताबाट बाहिरिएको थियो ।

    चीनसँगको सम्बन्धको नीति तत्काल परिवर्तन गर्ने अवस्थामा बाइडेन छैनन् । किनकि अमेरिका चीनको पछिल्लो आक्रामक विदेश नीतिले सम्बन्ध तत्काल सुधार गर्ने पक्षमा देखिँदैन ।

    अब बाइडेनले सो सम्झौताको विषयमा पुनः विचार गर्ने बताइसकेका छन् । बाइडेनले चुनावकै समयमा ट्रम्पले राष्ट्रपति निर्वाचित भए वायुमण्डल ध्वस्त हुने प्लानेट जोगाउन पनि आफूले अमेरिकाको राष्ट्रपति निर्वाचन जित्नुपर्ने बताएका थिए । उक्त सम्झौताबाट बाहिरिने निर्णय अमेरिकाको ट्रम्प प्रशासनले सन् २०१९ को नोभेम्बर ५ देखि सुरु गरेको थियो । विश्वमा जलवायु परिवर्तनको प्रभाव कम गर्नेसम्बन्धी सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले विश्वका शक्ति राष्ट्रहरूसँग सम्झौता गरेको थियो ।

    साथै बाइडेनको नयाँ विदेश नीति, सुरक्षा नीति, जलवायु परिवर्तन, अध्यागमन, श्रम र पारवहानलगायतका नीतिले अरू देशलाई समेत प्रभाव पर्नेछ । यसअघि ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी विषयमा अमेरिकाले हात झिक्ने निर्णय गरिरहँदा त्यसको प्रभाव विश्वभर परेको थियो । ट्रम्पले कार्यकालको चार वर्ष ४४औं राष्ट्रपति बाराक ओबामाले ल्याएको विदेश नीति, अध्यागमन र जलवायु परिवर्तनसम्बन्धी नीति भत्काउने काम गरे ।

    ट्रम्प प्रशासनले परिवर्तन गरेको नीतिलाई पुनजागृत गर्नेमा बाइडेनले जोड दिन सक्नेछन् । बाइडेनको प्रशासनले युरोपेली साझेदारहरूमा पुनः विश्वास र एकता कायम गर्ने नयाँ अवसर लिन सक्नेछ । ट्रम्पले भत्काएको सम्बन्ध बाइडेनले जोड्नेछन् । युरोपसँग तत्कालै सम्बन्ध बढाएर रुसलाई पुनः अमेरिकी राष्ट्रिय सुरक्षाको ठूलो खतराको रूपमा व्यवहार गर्न सक्छन् ।

    यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...