News Portal

  • नब्बे प्रतिशतलाई सङ्क्रमणबाट जोगाउने, दुई महिनामा पाँच करोड डोज उत्पादन गरिने

    ८२४ पटक

    काठमाडौं, २५ कार्तिक । कोरोनाभाइरस विरुद्धको पहिलो प्रभावकारी खोपले ९० प्रतिशत ब्यक्तिलाई कोभिड–१९ सङ्क्रमणबाट जोगाउने दाबी गरिएको छ । खोप विकास गरेको पीफिजर र बायोएनटेकले खोपको सकारात्मक परिणाम आएको दिनबारे “मानव र विज्ञानका लागि उपलब्धिको दिन” भनेर टिप्पणी गरेको छ ।

    छ राष्ट्रका ४३ हजार पाँच सय ब्यक्तिमा गरिएको परीक्षणको क्रममा सुरक्षाको कुनै सबाल नउठाइएको खोप अन्वेषणकत्र्ताले दाबी गरेका छन् । कम्पनीले यसै महिनाको अन्त्यसम्म आकस्मिक अनुमतिको तयारी गरेको छ । राम्रो उपचार पद्धतीसँगै खोपको प्रयोगले विश्व समुदायमा लागेको प्रतिबन्धबाट उन्मुक्ति पाउने विश्वास गरिएको छ ।

    बिगत्मा गरिएको ट्रायलले खोप लगाएपछि शरीरमा एन्टीबडी बनाउनुका साथैै प्रतिरक्षा प्रणाली ‘टी सेल्स’ निर्माणमा सहयोगी सिद्ध भएको छ । तीन साताको अन्तरालमा दुई डोज आवश्यक पर्नेछ । अमेरिका, जर्मनी, ब्राजिल, आर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको ट्रायलले दोस्रो डोज लगाएको सातदिनभित्र ९० प्रतिशत सुरक्षा प्रदान गरेको देखिएको छ ।

    बीबीसीका अनुसार पीफिजरले यसै वर्षको अन्त्यसम्म खोपको पाँच करोड डोज उपलब्ध गराउने विश्वास गरेको छ । सन् २०२१ को अन्त्यसम्म एक अर्ब २१ करोड डोज उपलब्ध गराउन सकिने बताइएको छ । यद्दपी खोप आपूर्तिको क्रममा सबैतर्फ पहुँच बढाउन चुनौतीपूर्ण हुने कम्पनीले जनाएको छ । खोप आपूर्तिका लागि माइनस ८० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्नेछ ।

    कम्पनीले भने अझै एक पटक खोप लगाएपछि कति दिनसम्म काम गर्ने र कुन उमेर समूहमा कत्तिको प्रभावकारी हुने सम्बन्धमा खुलाएको छैन् ।

    पीफिजरका अध्यक्ष डा। अल्बर्ट बौर्लाले भन्नुभयो, “विश्व स्वास्थ्य संकटको समस्याले पिरोलिरहँदा त्यसको अन्त्यका लागि हामीले छिट्टै नै ब्रेक थ्रु गर्न महत्वपूर्ण चरणमा पुगेका छौं ।” बायोएनटेकका फाउन्डर समेत रहनुभएका प्राध्यापक उगुर शाहिनले कोसेढुङ्गाको रुपमा अथ्र्याउनुभएको छ ।

    प्रस्तुत गरिएको तथ्याङ्क भने अन्तिम विश्लेषण नभएको उल्लेख गरिएको छ । उक्त तथ्याङ्कले पहिलो पटक प्रयोग गरिएका ९४ जनाको पूर्ण परिणाममा निर्भर रहेकोले प्रभावकारितालाई लिएर केही परिवर्तन हुन सक्ने बताइएको छ । बेलायतले यसअघि नै आफ्ना दुई करोड नागरिकका लागि उक्त खोप आपूर्तिका लागि चार करोड डोज उपलब्ध गराउन सम्झौता गरिसकेको छ ।

    अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक पिटर होर्बीले उक्त खबर सुनेर आफू अत्यन्तै हर्षित भएको प्रतिक्रिया दिए। यद्यपी खोप लगाएर परिवर्तनको अनुभूति हुन अझै लामो यात्रा गर्न बाँकी रहेको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा इश्वरचन्द्र झाले लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    ढुंगानाको अध्यक्षतामा प्रेस सेन्टर भक्तपुरमा १७ सदस्यीय कार्यसमिति

    प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति भक्तपुरले नयाँ नेतृत्व चयन गरेको छ । मदन ढुंगानाको...

    प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति

    प्रेस सेन्टर नेपालको चाँगुनारायण नगरपालिका शाखाले दोश्रो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले दोस्रो कार्यकालका...

    ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको...

    प्रेस सेन्टर भक्तपुरको अधिवेशन शनिबार

    प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति भक्तपुरले पुस २० गते शनिबारको दिन आफ्नो अधिवेशन गर्ने...

    सम्पादक घिमिरेले गरे पत्रकार महासंघ उपत्यका प्रदेश कोषाध्यक्षको पदभार ग्रहण

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे (शुभचिन्तक)ले पदभार ग्रहण गरेका छन्...