News Portal

  • कोभिड नियन्त्रणमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्य अनुकरणीय

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ कार्तिक
    १२२० पटक
    भक्तपुर, २५ कार्तिक

    स्वास्थ्य मन्त्रालयका डा. बासुदेव पाण्डेले कोभिड नियन्त्रणमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्य अनुकरणीय भएको बताएका छन् । मन्त्रालयको प्रतिनिधि भएर आएका डा पाण्डेले भक्तपुर नगरपालिकाले गरिरहेको कार्य अनुकरणीय भएको बताएका हुन् ।

    कोरोना संक्रमितहरूको पहिचान हुन नसक्दा संक्रमणको खतरा झन् बढ्दै गइरहेको सन्दर्भमा भक्तपुर नगरपालिकाले कन्ट्याक्ट ट्रेसिंगलाई महत्व दिनु संक्रमण रोकथाममा सहयोगी भएको उनको भनाइ छ । कोरोना भाइरस लाई गम्भीरतापूर्वक लिएर चाडपर्व र जात्रालाई औपचारिकतामा सिमित गर्नु, रोकथाम र नियन्त्रणका भरपूर प्रयास हुनु र नगरपालिकाले आइसोलेसन सेन्टर मार्फत संक्रमितलाई सहयोग गर्नु सकारात्मक पहल भएको भन्दै डा पाण्डेले नगरपालिकाको प्रशंसा गरे ।

    कोभिड १९ रोकथाम, नियन्त्रण र उपचार गर्ने विषयमा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकमा मन्त्रालयका प्रतिनिधि पाण्डेले संक्रमितको कन्ट्याक्ट ट्रेसिङको आधारमा पीसीआर परीक्षण गराई निको नभएसम्मको लागि संक्रमितहरूको लागि उचित परामर्शको आवश्यकतामा जोड दिंदै रोगले भन्दा रोगको डरले बिरामी सिकिस्त हुने स्थिति आउन नदिन सचेत गराएका थिए  ।

    उक्त अवसरमा भक्तपुर नगरपालिकामा भए÷गरेका काम कारबाहीहरूको बारे नगरप्रमुख प्रजापतिले प्रष्ट पारेका थिए । स्रोत र साधनको अभावबीच पनि जनप्रतिनिधिहरूले आ—आफ्नो क्षमताअनुसार कोरोनाबाट समाजलाई जोगाउन सक्रियतापूर्वक लागिरहेको बताउदै भक्तपुर नगरपालिकाले नेपाल सरकारको कार्यविधिअनुसार प्रकोप व्यवस्थापन केन्द्र (सीएमसी) गठन गरी कोरोना नियन्त्रण तथा रोकथाममा क्रियाशील ढंगले काम गरिरहेको प्रमुख प्रजापतिले जानकारी गराए ।

    कोरोना जोखिमबीच पनि भक्तपुर नगरपालिकाले अति आवश्यक सेवा प्रदान गर्दै आइरहेको बताउदै संक्रमित नगरबासीहरूको लागि सुविधायुक्त ७५ बेडको आइसोलेसन केन्द्र निर्माण गरी कोभिडको यो जटील अवस्थामा पनि चिकित्सकहरूलाई पालो मिलाएर सेवा प्रदान गरिरहेको बताए । संविधानले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था गरेको भएपनि संविधानले निर्दिष्ट गरेबमोजिम संघ, प्रदेश र स्थानीय तहबीच समन्वयको हुन नसकेको प्रति उनले चिन्ता समेत व्यक्त गरेका छन् ।

    छलफलमा वडा नंं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य, वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवाल, वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले पनि कोरोना रोकथाम तथा नियन्त्रणको लागि सुझावहरु प्रस्तुत गरेका थिए । त्यसैगरी नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्रका प्रमुख डा. रत्नसुन्दर लासिवाले कोरोना बीमाले जनतामाझ अन्योल सिर्जना गरिरहेको जिकिर गर्दै सञ्चारमाध्यमहरूमा समेत कोरोनाबारे भ्रामक सूचना आइरहेको र त्यसको खण्डन नेपाल सरकारको आधिकारिक निकायबाट नभएको बताए ।

    कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य निर्देशक रीता जोशीले नगरका हरेक टोलमा ‘कोभिड सहजीकरण सूमह’ गठन गरी कोरोना नियन्त्रण प्रभावकारी बनाउने विषयमा प्रस्तुतीकरण दिएकी थिइन् भने स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले भक्तपुरमा कोभिडको अवस्थाबारे अवगत गराएका थिए  ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...