News Portal

  • कुनै हालतमा सरकार परिवर्तन हुँदैनः प्रधानमन्त्री ओली

    १४४४ पटक

    काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार परिवर्तन नहुने बताएका छन् । देशलाई अस्थिरतातर्फ धकेल्न चाहनेहरूले सरकारको विरोध र सरकार परिवर्तन हुन्छ भन्ने भ्रम फैलाइरहेका छन् भन्दै उनले कुनै हालतमा वर्तमान सरकार परिवर्तन नहुने स्पष्ट पारे ।

    प्रधानमन्त्री ओलीले निराधार आरोप र भ्रम फैलाए पनि देशको विकास र प्रगतिमा सरकार दत्तचित्त भएर अगाडि बढ्ने उनले । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न र राष्ट्रको स्वाधीनता बचाउन सरकार सदैव लागिपरेको उल्लेख गरे ।

    ताप्लेजुङको सीमावर्ती फक्ताङ्लुङ गाउँपालिका–६, लेलेपको घुन्सामा घुन्सा फाउन्डेसनको पहलमा निर्माण गरिएको स्वास्थ्य एकाइ कार्यालयको नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो विचार व्यक्त गरेका हुन् । उनले भने , “भ्रम र आरोपमा सरकार अलमल गर्दैन, विकासका लागि सरकार अग्रसर छ ।”

    सरकार र प्रधानमन्त्रीविरुद्ध पार्टीभित्रैबाट विभिन्न आरोप र भ्रमका खेती गरिए पनि त्यो निराधार आरोप मात्र भएको स्पष्ट पार्दै प्रधानमन्त्रीले पार्टीभित्रै प्रधानमन्त्री र सरकारका विरुद्ध षड्यन्त्र रचिए पनि त्यसको सामना गर्न आपूm तयार रहेको उनले । केही नेताबाट सरकारलाई असहयोग भए पनि देश र जनताको हितमा सरकार रहेको उनको भनाइ छ ।

    प्रधानमन्त्री ओलीले पश्चिमी भू–भाग लिपुलेक, लिम्पियाधुराजस्ता गुमेको वा छुटेको जमिनलाई फिर्ता लिने पहलस्वरूप नेपालको नक्सामा समेटेर स्वाधीन राष्ट्र निर्माणको कार्यमा वर्तमान सरकार अगाडि बढेको उनले ।

    देशभक्ति, राष्ट्रभक्ति तथा स्वाधीन नेपालका लागि सरकारले चालेको कदमलाई सफल बनाउन छिमेकी देश भारत र चीनसँगको मित्रतालाई कायम राख्ने सरकारले नीति लिएको जानकारी दिए । देशको स्थिरताको पक्षमा सरकार दत्तचित्त भई लागेको बताउँदै प्रधानमन्त्री ओलीले ढुक्क भएर विकास निर्माण, देशको उन्नती र प्रगतिको काममा लाग्न सबैलाई आग्रह पनि गरे ।

    यता फक्ताङ्लुङवासीले राखेको मागप्रति सरकारको ध्यानाकर्षण भएको प्रधानमन्त्री ओलीले उनले । टिपताला नाका जोड्ने ओलाङ्चुङगोला उत्तर दक्षिण लोकमार्गलाई कालोपत्रेसहित स्तरोन्नति गर्ने, कञ्चनजङ्घा पदमार्गलाई स्तरोन्नति गर्ने, इन्टरनेट सेवालाई फोरजी बनाउने लगायतका मागलाई पूरा गर्नका लागि सम्बन्धित मन्त्रालयमार्फत सरकारले पहल गर्ने उनले आश्वासन दिए ।

    उनले नवनिर्मित सामुदायिक स्वास्थ्य एकाइ घुन्सालाई स्थायी गर्ने र पर्वतीय पर्यटकीय नमुना गाउँका रूपमा घुन्सालाई स्थापित गर्ने विषयमा सरकारको पहल रहने पनि उनले । घुन्सा, खम्बाचेन, ग्याब्ला, आम्जिलेसा लगायतका हिमाली गाउँसम्म विद्युत् विस्तार गर्ने गरी घुन्सा माइक्रोहाइड्रो पावरलाई स्तरवृद्धि गर्ने स्थानीयको मागप्रति पनि सरकारको ध्यानाकर्षण भएको धारणा राखे ।

    प्रधानमन्त्री ओलीसँगै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई घुन्सा आएका हुन् । प्रधानमन्त्री ओलीले टिपताला भञ्ज्याङसहित चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा क्षेत्रको अवलोकन तथा निरीक्षणसमेत गरेका थिए ।

    प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयमा पाँच लाख रुपियाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरे । सो विद्यालयमा अध्ययनरत १० जना विद्यार्थीलाई विभिन्न विधामा वार्षिक रूपमा छात्रवृत्ति प्रदान गर्ने गरी अक्षयकोषको स्थापना गरिदिने उनले घोषणा गरेका हुन् । त्यस्तै सामुदायिक स्वास्थ्य एकाइलाई १० थान कम्बल उपलब्ध गराउने पनि शाक्यले वचन दिइन् ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा चन्द्र पन्दाकले लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...